दसैं बिदाको विवाद

शुक्रबार, ०२ कार्तिक २०७५, १३ : ३० अनन्तराज लुइँटेल

दसैं बिदा हामीहरुको एउटा परम्परा र अधिकार बनिसकेको छ । सरकारी कार्यालय हुन् वा निजी क्षेत्रका प्रतिष्ठान नै दसैंमा पहिला लामो बिदा दिइन्थ्यो भने अहिले छोटिन थालेको छ। 

पहिला पहिला सरकारी कार्यालयहरु घटस्थापनादेखि पूर्णिमासम्मै बिदा हुन्थे भने अहिले सरकारले बिदा कटौती गरेर फूलपातीको दिनदेखि एकादशीको दिनसम्म मात्रै बिदा दिने गरेको छ। 
 
विगत पा“चसात  वर्षयता एकादशीको भोलिपल्टदेखि कार्यालय खुल्ने व्यवस्था गरिएको छ ।  दसैंमा सरकार वा रोजगारदाताले एक महिनाको तलब थपिदिने र त्यसलाई मनोरञ्जनको एउटा हिस्साको रुपमा मान्दै रमाइलो गर्ने संस्कार विकास भएको छ।

कार्यालय खुले पनि मानिसहरुको चहलपहल त्यति सारो हुँदैन, त्यो आफ्नो ठाउँमा छ । तर राज्य लामो समय सेवा निष्क्रिय हुनुहुँदैन भन्ने मान्यताका आधारमा बिस्तारै दसैं बिदा हामीहरुको एउटा परम्परा र अधिकार बनिसकेको छ । सरकारी कार्यालय हुन् वा निजी क्षेत्रका प्रतिष्ठान नै दसैंमा पहिला लामो बिदा दिइन्थ्यो भने अहिले छोटिन थालेको छ।दसैंका दिनमा पनि सरकारी कार्यालयहरुमा गरिने बिदा कटौती हुन थालेका छन् । यसका केही संकेतहरु छन् र ती बिस्तारै देखा पर्न थालेका छन्।

राज्यको धार्मिक आस्थाको परिवर्तन पहिलो कारण हो । नेपालको संविधान २०७२ असोज ३ मा जारी भएपछि मुलुक हिन्दूराज्यको रुपमा अब रहेन । मुलुक धार्मिक हिसाबले निरपेक्ष भइसकेकाले दसैं बिदाका विषयमा पनि विवाद चलिरहेको छ । मुलुक नै धर्म निरपेक्ष भइसकेपछि दसैं बिदा हामीहरुको एउटा परम्परा र अधिकार बनिसकेको छ । सरकारी कार्यालय हुन् वा निजी क्षेत्रका प्रतिष्ठान नै दसैंमा पहिला लामो बिदा दिइन्थ्यो भने अहिले छोटिन थालेको छ। मा राज्य नै बन्द हुनेगरी बिदा दिनुहुन्छ कि हु“दैन भन्ने प्रश्न उठ्न थालेका छन्।

कहीँकतै यस्ता संकेतहरु पनि देखिन थालेका छन् । भलै यो स्वर मधुरो छ तर बिस्तारै उठ्न थालेको छ । पहिलाका संविधानहरुमा धार्मिक सहिष्णुताको कुरा गरिए पनि वर्तमान संविधानले धर्मनिरपेक्षताको सुनिश्चितता गरेपछि मुलुक अर्कै पाटोमा गइसकेको छ।

संविधानको धारा ४ मा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने परिभाषा गरिएको छ । यसको अर्थ पुरातनकालमा जस्तो राज्यले हिन्दूधर्मलाई मात्रै बोकेर हिँड्छ भन्ने होइन । सबै आस्था र परम्पराहरु एकैपटक छाड्न नमिल्ने भएकाले मात्रै केही परम्परा र संस्कृतिहरु राष्ट्रले धान्दै आएको हो।

राष्ट्रपतिले नै कतिपय अवस्थामा धान्दै आएका सांस्कृतिक गतिविधिहरुलाई अन्य धर्मावलम्बीहरुले विरोध गर्न सक्ने अवस्था भएकाले बचेर त्यस्ता गतिविधिहरु गरेको देखिन्छ भने अन्य धर्मावलम्बीको पर्व वा सांस्कृतिक कार्यक्रमहरुमा समेत शुभकामनाहरु सन्देश दिनुको मूल कारण पनि यही नै हो।

मुलुक नै धर्म निरपेक्ष भएकाले अबका केही वर्षमै हिन्दूधर्मका आधारमा पाउँदै आएका बिदा र मनाउँदै आएका चाडबाडहरुमा राज्यले दिएको सुविधा कम हुनसक्छ । विगतमा सरकारले दिँदै आएका बिदाहरुमध्ये जनैपूर्णिमा लगायतका बिदाहरुको कटौती नै यसको एउटा प्रमाण हो । एउटा धर्मावलम्बीले मनाउने पर्वमा अन्य धर्मावलम्बीका कर्मचारी गएर कार्यालय सञ्चालन गर्नुपर्ने तथा त्यसको सट्टामा बिदा मिलान गर्न पाइने सुविधा पनि यसको अर्काे प्रमाण हो।

कर्मचारीको उपस्थिति दोस्रो कारण हो । कर्मचारी नै उपस्थित नहुने र बजारै बन्द हुने भएकाले तीनचार दिन राज्यको चहलपहल नै सुन्य अवस्थामा पुग्ने गरेको छ । तर, पहिलाको तुलनामा अहिले बिस्तारै चहल–पहल बढ्न थालेको छ । पहिला जस्तो पन्ध्रैदिन सुनसान हुने अवस्था अहिले छैन । अदालत, अस्पताल र मिडियाहरु सञ्चालनमै रहने भएकाले पनि सामान्य चहल–पहल केही दिनमै हुन थालेको पाइन्छ।

दसैंका सन्दर्भमा पनि यो विषय बिस्तारै सोच्नुपर्ने हुनसक्छ । सम्पूर्ण कर र राजस्व कार्यालयहरु नै बन्द गर्ने, अध्यागमन कार्यालयहरु नै बन्द हुनेगरी राज्य नै ठप्प गर्ने कार्यका विषयमा अब गम्भीर बहस हुन आवश्यक भइसकेको छ।

तेत्तीस प्रतिशत महिला कर्मचारीको उपस्थिति रहेका कार्यालयहरु तीजको दिन पुरुष कर्मचारीले मात्रै धान्न सक्छन् भने एउटा धर्मावलम्बी कर्मचारी उपस्थित नहुँदा अर्काे धर्मअवलम्बन गर्ने कर्मचारीले दसैं तिहारमा कार्यालय चलाउन सक्छ कि सक्दैन भन्ने विषय पनि अब सोच्नुपर्छ । दसैंका तीन दिन अष्टमी, नवमी र दशमीमा मानिसहरुको चहल–पहल नहोला तर विदेशी नागरिक र विदेशबाट आवत–जावत गर्नुपर्ने व्यक्तिहरु र उनीहरुले पाउनुपर्ने सेवाका कारण पनि राज्य ठप्प हुने कार्य उचित हुँदैन।

विगतका वर्षहरुमा सरकारले दिँदै आएका थुप्रै विवादहरुको औचित्य, राज्यले जनतालाई दिनुपर्ने सेवाको निरन्तरतालगायतका विषयमा पनि अब छलफल र चर्चा हुन आवश्कय छ । अब सम्बन्धित धर्मावलम्बीले बिदा लिएर आफ्नो पर्व मनाउने र कार्यालय अन्य धर्मावलम्बीका कर्मचारीहरुले सुचारु गर्ने दिनको सुरुवात हुनुपर्छ । क्रिश्चियन धर्म अवलम्बन गर्न मुलुकमा पनि क्रिसमसको बिदा लामै हुनसक्छ तर यो तर्र्क पनि राज्यले कहिल्यै सेवा ठप्प गर्नुहुँदैन भन्ने तर्क विरुद्धको औचित्य बन्न सक्दैन।

बदलिँदो विश्वास तेस्रो कारण हो । राज्य लामो समयसम्म बन्द हुनुहुँदैन भन्ने मान्यताका आधारमा पनि यो विषयमा सोच्न थालिएको छ । अरु त अरु घटस्थापनादेखि पूर्णिमासम्मै बिदा रहने अदालतहरुमा समेत बन्दीप्रत्यक्षीकरणको निवेदनका लागि खुला हुने परिपाटीको विकास भइसकेकाले पनि राज्यका संयन्त्रहरु दसैंको मस्त निद्रामा पर्न पाइँदैन भन्ने गतिलो प्रमाण हो।

यसै पनि वर्तमान संविधानको धारा ३ ले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने परिभाषा गरिसकेको छ।

सबैलाई एउटै एकताको सूत्रमा बाँध्नका लागि कुनै कसैको धर्मले अन्य धर्मावलम्बीका लागि राज्यले प्रदान गर्ने सेवा पाउने अधिकार हनन् गर्न मिल्दैन भन्ने आवाजहरु बिस्तारै उठ्न थालेका छन् । त्यसका लागि राज्यले प्रबन्ध मिलाउनुपर्ने अवस्था पनि आइसकेको छ।

गणेश श्रेष्ठविरुद्ध नेपाल सरकार भएको मुद्दामा सर्वाेच्च अदातलका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको इजलासबाट सम्पूर्ण बिदाहरुको विषयमा विचार गरी एउटा धर्मावलम्बीको पर्वको अधिकार उपभोग गर्दा अन्य धमावलम्बीको सेवाको अधिकार हनन् हुन नसक्ने विषयमा प्रबन्ध गर्न सरकारलाई आदेश भइसकेको छ । यस पृष्ठभूमिमा पनि सरकारले पर्वलाई राज्यको उपस्थिति नै ठप्प हुने गरी बन्द गर्नुहु“दैन भन्ने विषयमा सोच्नुपर्ने अवस्था बनेको छ।

बिदाविरुद्धको जागरण चौथो कारण हो । दसैं बिदामा मानिसहरु मस्त हु“दा कार्यालयहरु भने सुनसान हुने हुन्छन् । शहर, बजार तथा बाटो सुनसान हुनेगरी दसैंमा रमाइरहने हाम्रो पुरानो चलन हो । कोही खानपिनमा मस्त हुन्छन् भने कोही जुवातासमा।

अरुबेला लाग्ने कानुन पनि लाग्दैन दसैंमा जुवातास खेल्नेलाई । सबै मस्त छन् । कोहीकोही किताबमा हराउनेहरु पनि लामो समयदेखि बनाएका योजनाअनुसार केही थान किताब चाङ लगाएर मस्त हुने चलन छ । यो नै दसैंको विविधता हो । सवारीमा सजिलो छैन, तर पनि मानिसहरु अटेस मटेस गरेर आफन्तलाई भेट्न र रमाउन जाने हाम्रो संस्कृति हो।

छोराछोरी शहरबाट आउलान् भनेर बाआमा गाउँमा कुरिरहनुहुन्छ । सबैसँग भेटघाट हुने, छोराछोरी पनि आउने, ज्वाइँचेला तथा नातिनातिनासँग पनि भेट हुने हुँदा बाआमालाई पनि रमाइलो लाग्छ । र, शहरमा दुईपैसा कमाएर बस्ने छोराबुहारी अथवा परिवारका सदस्यले नयाँ कपडा वा केही उपहार दिएर आफन्तलाई खुसी पार्ने हामीहरुको दसैं परम्परा बनिसकेको छ । वर्षभरिका दुःखकष्टलाई बिर्साउने यो एउटा गज्जबको तरिका हाम्रा पर्वहरुको विशेषता हो।

शहरकै व्यवस्ततामा पनि एकले अर्काेलाई भेट्न नसकिरहेको अवस्थालाई चिर्नका लागि दसैं  एउटा मौका बन्ने गरेको छ । दस किलोमिटरको बाटो अरुबेला एक ठाउँबाट अर्काे ठाउँ सजिलै जान सक्ने अवस्था हुँदैन तर दसैं का दिनमा सुनसान शहर बटुवाका लागि पनि सहज बन्ने गरेको छ।

कानुनको उपस्थिति पाँचाैं कारण हो । दसैं एउटा रमाइलो पर्व बन्नुमा सरकारलाई पनि धन्यवाद दिनै पर्छ । कम्तीमा बिदा कटौती गरे पनि छुट्टि त दिइरहेको छ । बाटोघाटोको राम्रो प्रबन्ध हुने र यातायातमा समस्या नहुने हो भने पहिलापहिला दिइरहेको पन्ध्रैदिनको बिदा चाहिन्छ पनि भन्नुपर्ने अवस्था छैन।
 
पहिला तीन दिन लगाएर जानुपर्ने ठाउँमा अहिले एकदिनमै अथवा आधा दिनमै पुग्न सकिने यातायातको साधनले विकल्प दिएको छ । तर यातायातका साधनहरु रफ्तारमा हुइँकिने एकआपसमा ठक्कर खानसक्ने र दुर्घटनामा पर्न सक्ने हुुँदा त्यस्तो विषयमा कानुनी कारबाही गर्नसमेत राज्यका निकायहरुको उपस्थिति अनिवार्य हुन्छ । तत्काल कुनै विषयको उठान नहुुँदा र सम्बन्धित निकायमा पेश हुन नसक्दा त्यस्ता घटना सेलाएर जानसक्ने र पीडितले न्याय पाउन नसक्ने अवस्था हु“दासमेत कार्यालयहरु ठप्पै हुनेगरी बन्द गर्नु उचित हुूँदैन।

राज्य सञ्चालनको तहबाट विचार गर्दा पनि लामो बिदालाई उचित मान्न मिल्दैन । बिरामीको भर्ना र तिनलाई उचित स्याहार गर्ने नर्सहरु नहु“दा अस्पताल सुन्य हुन्छ भने कार्यालयमा सेवाग्राही आउँदा सेवा दिने कर्मचारी नहुन सक्छन् । दसैंको लामो बिदा मान्नेहरुलाई त रमाइलो लागिरहेको हुन्छ । तर, सरकारी काम अड्किएर बसेकाहरु र विदेशी नागरिकलाई भने दसैको लामो बिदा पट्यार लाग्न सक्छ । यातायातका साधन नहुने र सरकारी कार्यालय नै लामो समय बन्द भई उनीहरुले सेवा नपाउ“दा हामीप्रतिको उनीहरुको दृष्टिकोण नै बदलिन सक्छ । यसले अन्ततोगत्वा हामीहरुप्रति उनीहरुको दृष्टिकोण बदलिएर पर्यटन व्यवसायमै असर पर्न सक्छ।

दसैंमा प्रायः सबै कार्यालयहरु बन्द हुन्छन् । त्योभन्दा पनि लामो बिदा अदालतहरुमा हुने गरेको छ । अदालतहरुमा भन्दा पनि लामो बिदा कलेज र स्कुलहरुमा हुने गरेको छ । दसैं मनाउनेहरुलाई लामो बिदा लिएर दसैं मनाउँदा जति रमाइलो भइरहेको हुन्छ, दसैं नमनाउनेहरुलाई पट्यार लाग्न पनि सक्छ भने तत्काल सेवा चाहिएको व्यक्तिलाई उकुसमुकुस नै हुनसक्छ।

लामो बिदाको आफ्नै इतिहास छ । दसैं एउटा महान् पर्व भएकाले सरकारी सबै कार्यालयहरु समेत लामो समय बिदा दिई मनाइने गरिएको छ । सरकारी मात्रै नभएर निजी क्षेत्रका कलकारखाना, बन्द व्यापार र उद्योगधन्दासमेत बन्द गरेर वर्षमा एकपटक लामै समय दसैं मनाउने हामीहरुको परिपाटी हो।

निजामती सेवा ऐनको दफा ७१ मा कर्मचारीले पर्व बिदा लिन पाउने व्यवस्था गरिएको छ भने दसैं वा सम्बन्धित कर्मचारीले आफ्नो धर्मअनुकूलको सबैभन्दा ठूलो पर्व मनाउँदा एक महिनाको पारिश्रमिकबराबरको तलब सुविधाको रुपमा प्राप्त गरी पर्व मनाउने व्यवस्था छ । निजामती सेवाको यो व्यवस्था सबै अन्य सेवामा छ भने निजी प्रतिष्ठानहरुमा समेत यही व्यवस्थाको अनुकरण गरिएको छ।  

कार्यालयहरु सुचारु भएको बिदाविनाको दसैंको कल्पना गरौं । बिदाविनाको दसैं पनि दसैं हो र भन्ने लाग्न सक्छ । तर दसैंलाई पनि विभिन्न ढंगले हेर्न सकिन्छ । एउटा बिदाको हिसाबले, अर्काे रमाइलोको हिसाबले र अर्काे पर्वको हिसाबले । दसैंलाई आ—आफ्नै तरिकाले बुझिरहेका छन् मानिसहरु । कोही किन लामो छुट्टी भन्छन् भने कोही किन छोटिइरहेको छ छुट्टी भन्नेहरु पनि छन्।
 
अदालतमा समेत १५ दिनको छुट्टी दिएर दसैं मनाउने गरिएको छ भने बन्दीप्रत्यक्षीकरणको निवेदनका लागि मात्रै यो बिदामा अदालत खुल्ने चलन छ । कोही मुद्दा जित्लान् कोही हार्लान् । दसैं  जस्तो खुसीको मौकामा मुद्दा हराउ“दा वा जिताउँदा अर्काे भार नथपिओस् भन्ने उद्देश्यले अलि लामै समय बिदा दिइने गरिन्छ अदालतमा । मुद्दा जित्नेको त दसैंमा दोहोरो खुसी भित्रिएला तर हार्नेलाई भने नरमाइलो नै हुन्छ भन्ने जानेरै यस्तो बिदा दिइने गरेको हो भने त्यो पनि एउटा बुझाइ मात्रै हो । मुद्दामा जितहार त भइहाल्छ तर वर्षाैसम्म धाउँदासमेत झन्झट नलाग्नेलाई दसंै अघि जितहार गराउनुहुन्न भन्नुको पनि खासै औचित्य रहँदैन।
 
बिदा हामी नेपालीहरुको एउटा कुसंस्कार बनिसकेको छ । दसैंमा दिइने बिदाको एउटा औचित्य होला तर कार्यालय नै ठप्प गर्नेगरी दिइने बिदा नै हामी पिछडिनुका कारण बनेका छन् । लामालामा बिदारुपी निद्राबाट हामी बिउँझिने कहिले ?







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...