कथित बोक्साको आरोपमा कुटपिट

बिहिबार, ०१ कार्तिक २०७५, २० : ५३ नागरिक

बर्दिया – ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय वृद्ध कुकुरा थारुलाई कथित बोक्साको आरोपमा बुधबार राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित ६–७ जनाको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ। 

गाउँघरमा सामान्य झारफुक गर्ने गरुवाका रुपमा परिचित कुकुरालाई आफ्नै गोत्र पर्ने नैपाल थारुले साँझपख घरमा बोलाएर बोक्सा भएको भन्दै कुटपिट गरेको पीडितका छोरा श्रीराम थारुले बताए। श्रीरामका अनुसार नैपाल थारुले आफ्नो घरमा देउताको अगाडि अख्खोर्या (गुरुवाद्वारा मन्त्र उच्चारण गरी व्यक्तिको शरीरमा देउता चढाएर काँप्दै मादलको तालमा नाच्ने खेल) खेल्न बेलाएर लगेका थिए। गुरुवाले मन्त्र उच्चारण गर्दै अन्य व्यक्तिहरु काँप्दै नाच्न थालेको र कुकुरा नकापेपछि उनले आफूमा मन्त्र गरेर देउता पस्नबाट रोकेको भन्दै बोक्सा भएको आरोप लगाउँदै कुटपिट गरेका थिए।

कुकुराले वृद्ध भएका कारण अख्खोर्या खेल्न मन नलागेको भन्दै आफ्नो बचाउ गरेपनि उनीहरुले बेतको लट्ठी, मुक्काले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका हुन्। उनको टाउकामा कुटपिटबाट घाउ बनेको छ, मुख सुन्निएको छ, कम्मर र ढाडमा लट्ठीको निलो दाम परेको छ। 

घटनाको बारेमा इलाका प्रहरी कार्यालय भुरीगाउँमा मौखिक जानकारी गराएको र लिखित रुपमा पनि उजुरी दिन जाने पीडितका छोरा श्रीराम चौधरीले बताए। इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक प्रदीप डिसीले घटनाका बारेमा बुझ्न प्रहरीको टोली खटिइसकेको र सत्यतथ्य भए आरोपित पक्षलाई तत्कालै कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने बताए। 

 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad