६ वैशाख २०८१ बिहीबार
समाज

धादिङमा चाइनिज पेस्तोलसहित एक पक्राउ

धादिङ- धादिङ प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका २ केउरागाउँमा स्थानीय युवाबीच विवाद हुँदा फायर गरिएको पेस्तोलसहित मार्पाकका २६ वर्षीय विशाल गुरुङलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ। 

उनको साथबाट चाइनिज पेस्तोल १ वटा, गोली बुलेट राउण्ट २ थान, खोका १, म्याग्जिन १ थान बरामद गरिएको छ। पिङ हाल्ने विषयलाई दिएर गुरुङ र केउरागाउँका स्थानीयबीच विवाद हुँदा उनले पेस्तोल निकाली फायर गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: १ कार्तिक २०७५ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App