coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘केन्द्र सरकारका कारण संघीयता विरोधी शक्ति सल्बलाउँदैछन्’

जुम्ला– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले केन्द्र सरकारका कारण संघीयता विरोधी सल्बलाउन थालेको बताएका छन्। उनले संघीय सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै ढिलासुस्ती गरिरहेको मौका संघीयता विरोधीले छोपेको आरोप लगाए। 

दसैंको शुभकामना दिन जुम्ला पुगेका कानुनमन्त्री भण्डारीले संघीय सरकारले ऐन, कानुन र कार्यविधी जारी गर्न नसक्दा प्रदेश सरकारले गति लिन नसकेको बताए। उनले भने, “प्रदेश सरकार आफ्नो अनुकुलको नीति, कार्यक्रम, ऐन, कानून र कार्यविधी बनाउन चाहन्छ, तर संघीय सरकारले ढिला सुस्ती गरेर समृद्धिको ढोका बन्द गरेको छ, त्यसैले प्रदेश सरकारका काम सबै अन्यौलमा छन्। 

कर्णाली प्रदेश सरकारले तत्काल प्रदेश लोकसेवा ऐन र प्रदेश प्रहरी ऐन जारी गरेर काम अघि बढाउन चाहन्छ, तर केन्द्र सरकारले यो ढोका खोल्न नसक्दा कर्मचारी अभाव हट्न सकेको छैन्। उनले केन्द्र सरकारका कारण संघीयता विरोधीहरु संघीयता असफल गर्नको लागि लागि परेको जिकिर गरे।

मन्त्री भण्डारीले संविधान र संघीयता हरेक नेपालीको आँसु, पसिना र रगतले आर्जेको भएकोले कार्यान्वयनमा पनि जनताको साथ चाहिनेमा जोड दिए। मन्त्री भण्डारीले भने, “जनता उदासिन बन्नु हुँदैन, खबरदारी गर्ने बलियोे आधार बन्न जरुरी छ।” दसैँमा पनि कर्णाली प्रदेश सरकार आन्तरिक काममा व्यस्त रहेको बताउँदै मन्त्री भण्डारीले बजेट कार्यान्वयनका लागि ऐन, कानून र कार्यविधी निर्माणको क्रममा रहेको जानकारी दिए।

प्रकाशित: १ कार्तिक २०७५ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App