‘धर्म संस्कृतिलाई त निमिट्यान्न पारेर छोड्यौँ’

बिहिबार, ०१ कार्तिक २०७५, १५ : ५९ शुक्रबार

285


मंगलबार बिहान शुक्रवारकर्मी पशुपतिनाथ मन्दिर परिसर पुग्दा वरपर थुप्रै पुजारी, ज्योतिष र पण्डितहरु भक्तजनको पर्खाइमा थिए । त्यही भिडमा भेटिए, ज्योतिष/पण्डित अच्यूतप्रसाद पौडेल ‘चिन्तन’ । उनीसँग दसैँमा आधारित रहेर अनिल यादवले गरेको अन्तरंग कुराकानीः 

तपाईंको नामको पछाडि ‘चिन्तन’ किन ? 

यो मेरो साहित्यिक नाम हो । धेरै पुस्तकहरु लेखेको छु । लेखक पनि हुँ । वास्तुविद् पनि हुँ । 

चिन्तन धेरै गरेर त होइन ?

चिन्तन गर्दागर्दा बुढो भइसकेँ । नाम चिन्तन भए पनि अहिले कम सोच्छु । नत्र आयु बिग्रन्छ रे ! पहिला धेरै सोच्थेँ । दिनरात काम गर्थें ।

लेखक भन्नु भयो । के–के पुस्तक लेख्नुभएको छ ?

एक दर्जन जति पुस्तक निकालेको छु । पूर्वीय दर्शन समावेश गरेर पनि लेखेको छु । 

जसरी तीजमा विसंगति आएका छन् नि त्यसैगरी दसैँमा पनि मारकाट भएका छन् । यो नहुनुपर्ने हो । दसैँमा अहिले पहिले जति रौनक छैन । विधि आधुनिकतातिर ढल्किएको छ । हामी धर्मलाई बिर्सदै छौँ । खानपानमा र मोजमस्तीमा मात्रै मग्न छाैं । पहिले हाम्रा पुर्खाहरुसँग तन्त्र परम्परामा देउतालाई नै बोलाउन सक्ने शक्ति थियो । अहिले हामी खानपिन, मोजमस्ती र लहलहैमा लागेका छौँ । 

पुस्तकको नाम ?

‘सम्झनाका क्षण’हरु २४ भागसम्म ल्याएको छु । धेरै पेपरहरुमा मेरो आर्टिकल पनि आइरहेको हुन्छ ।

अनि दसैँ कत्तिको लागिरा’छ नि ?

दसैँको माहोल त अहिले त्यत्ति तयार भएको देखिँदैन । अहिले  पितृ बिसर्जन हुँदैछ । भोलिदेखि घटस्थापना आरम्भ हुन्छ । नवदुर्गाको पूजा हुन्छ । घरघरमा जमरा राखिन्छ । दुर्गा उपासना गरिन्छ । दुर्गा उपासनाबाट शक्ति मिल्छ । हामी मोह जालमा फँसेका छौँ । मोह जालबाट निवृत्त हुनका लागि दुर्गाको पुजा गर्न जरुरी छ । राष्ट्रहितका पनि यो जरुरी छ । पूर्वीय दर्शनमा यसको ठूलो महङ्खव छ । त्यसैले अरु चाड नमानेर पनि मान्छेहरुले दसैँ मान्छन् । यो शक्ति संचयका लागि पनि हो । शरीर इन्द्रियहरु पावन बन्छन् । 

पशुपतिमा यसरी पूजा गर्दै, हात हेर्दै बस्न थालेको कति भयो ?

मेरो जीवन नै पशुपतिमा छ । लाग्छ, जीवनको विश्रामस्थल पनि यहीँ हुनेछ । घर पनि यहीँ नजिकै छ । गौरीघाटमा बस्छु । पुस्तौँ धेरै बित्यो यहाँ । पेशा पनि यही धार्मिक, साहित्यिक, वास्तुसम्बन्धी नै हो । 

पशुपतिनाथमा काम गर्न थालेको कति भयो त ? 

जुगजुग भयो । पुस्तौँ यहीँ हो । मेरो जन्म यहीँ भएको । अहिले ६२ वर्षको भएँ । 

नियमित काम गरेको कति भयो ?

करिब–करिब ३० वर्ष भयो । जीवन नै यहीँ बितिराछ । ११ वर्षको उमेरदेखि यसरी कर्मकाण्डमा लागेको हुँ । 

किन पण्डित बन्न मन लाग्यो ?

नेपाल धर्मको धरोहर हो । यसलाई उत्थान गर्नुपर्छ भन्ने लागेर हो ।  

तपाईं त पण्डित । भन्दिनुस् न त, पहिले र अहिलेको दसैँ मनाउने शैलीमा के फरक आयो ? 

जसरी तीजमा विसंगति आएका छन् नि त्यसैगरी दसैँमा पनि मारकाट भएका छन् । यो नहुनुपर्ने हो । दसैँमा अहिले पहिले जति रौनक छैन । विधि आधुनिकतातिर ढल्किएको छ । हामी धर्मलाई बिर्सदै छौँ । खानपानमा र मोजमस्तीमा मात्रै मग्न छाैं । पहिले हाम्रा पुर्खाहरुसँग तन्त्र परम्परामा देउतालाई नै बोलाउन सक्ने शक्ति थियो । अहिले हामी खानपिन, मोजमस्ती र लहलहैमा लागेका छौँ । पश्चिमा संस्कृतिले हामीलाई पिरोलेको छ । पूर्वीय संस्कृति चोरेर पश्चिमाहरुले लान्छन् । लुकाएर, छिपाएर, चोरेर या खोसेर भए पनि । हामी भने पश्चिमा संस्कृतिमा हुर्किदै छौँ । दसैँको मौलिकपना गुम्दै छ । 

कसरी गुम्दै छ मौलिकपना ? 

हामी दसैँ त मनाइरहेका छौँ तर देखावटी । भित्रबाट छैन । हुनेखानेलाई सधैँ दसैँ । हुँदाखानेलाई दसैँ मनाउन गाह्रो भइसक्यो । पूजापाठमा पनि मौलिकता गुम्यो । नित्य स्नान गर्न छाड्यौँ । ऋणधन काडेर दसैँ मनाउनुपर्ने अवस्था आइसक्यो । सुरुमा त यस्तो धेरै थिएन हौ ! अहिले बुढ्यौली लाग्दै गर्दा विकृति बढ्दै गयो । हामीले धर्म संस्कृतिलाई त निमिट्यान्न पारेर छोड्यौँ । एउटा मन्त्र छ निः  

ॐ आयुद्रोणसुते श्रीयं दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने 
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे 

यो शक्ति त्यसले प्राप्त गर्छ, जसले नित्य दैवी उपासना गर्छ । यो वरदान हो क्या, आशीष दिने । तर हामी जसलाई पाए त्यसलाई वरदान दिइराछौँ, जे पाए त्यही वरदान गरिराछौँ । संस्कृति लोप भइराछ । शक्ति उपासना भनेको के हो भने १० दिनसम्म निष्ठासाथ विधिपूर्वक जमरा राखेर मिल्छ । तर हामी अहिले जे पनि गरिराछौँ । 

मासुसँग मदिरा पनि खाइरहेका छन् मान्छेहरु । सबैभन्दा बढी मासुको क्रय विक्री मुलुक पनि यही हो । तर यही मुलुक बढी धार्मिक मुलुक पनि हो । मांसाहारी भएर शक्ति उपासना गर्नु ठीक होइन । 

बलि त कस्तोको दिने भन्दा हिंसाको बलि, क्रोधको बलि, आवेगको बलि, तनावको बलि । आत्मसमर्पण गरेर दिनुपर्ने हो । हामी भने रगतको बलि दिइराछौँ । रगतको बलि दिनु भनेको आफ्नो आफैँले बलि दिनुजस्तै हो । कोही पनि आमाले आफ्ना बच्चाहरुलाई काखमा राखेर रेटेको सहन सक्दैनन् । 

पहिले मारकाट हुँदैनथ्यो र ?

प्रायः हुँदैनथ्यो । हामी नरिवलको, कुभिन्डोको, घिरौँलोको बलि दिन्छौँ । परम्परामा बलि दिने चलन त देखिन्छ तर त्यस्तोले बलि दिनुपर्छ जसले त्यसलाई पुनर्जीवन दिन सक्छ । बलि त कस्तोको दिने भन्दा हिंसाको बलि, क्रोधको बलि, आवेगको बलि, तनावको बलि । आत्मसमर्पण गरेर दिनुपर्ने हो । हामी भने रगतको बलि दिइराछौँ । रगतको बलि दिनु भनेको आफ्नो आफैँले बलि दिनुजस्तै हो । कोही पनि आमाले आफ्ना बच्चाहरुलाई काखमा राखेर रेटेको सहन सक्दैनन् । 

अनि तपाईंको विचारमा दसैँमा टीकाको महङ्खव चाहिँ के हुन्छ नि ?

यसको ठूलो महङ्खव हुन्छ । दीर्घायु होस्, दुर्घटना नहोस्, रिस आवेग तनावबाट मुक्त भइयोस्, शत्रु नलागोस् भनेर यो लगाइन्छ । क्रोधलाई पनि जसले जित्न सक्छ, उसले आशीर्वाद दिन्छ । उदाहरणका लागि हामी बडाबाट आशीर्वाद लिन्छौँ । बाआमा गुरु, आफन्त, मित्रजनबाट । तर दुःखको कुरा अहिले त जसले जसलाई पनि आशीर्वाद दिने चलन छ । आशीर्वाद मनैबाट दिनुपर्ने हुन्छ । सार्वजनिक रुपमा दिँदा पनि जोसँग सत्ता छ, जोसँग दैवी शक्ति छ, त्यसले दिने हो।

दसैँमा दिइने आशिष ठ्याक्कै लाग्छ त ? 

लाग्छ, नलाग्ने होइन । आशिषको मुलमन्त्र एउटै छ । अघि माथि नै मैले भनिसकेँ । दिर्घजिवी भव । हनुमानजस्तो शक्ति रहोस् । तपाईले गरेको कामहरु राष्ट्र उत्थानका लागि होस् । व्यक्तिगत हितभन्दा माथि उठेर गरिएको होस् । अर्काको हिंसा नगर्नु  । राष्ट्रको द्रोह नगर्नु । मन्त्रले भन्न खोजेको कुरा यही हो । 

अनि पढेर ठूलो मान्छे बन्नु, डाक्टर बन्नु भनेर पनि आर्शिवाद दिन्छन् नि, त्यो चाँही ? 

अँ, त्यसरी पनि दिन्छन् । महाभारतमा विदुरजति ज्ञानी कोही थिएन । विदुरजस्तै ज्ञानी बन, ठूलो मान्छे बन, डक्टर इन्जिनियर बन भन्ने अर्थमा दिइने आर्शिवाद हुन ति । तर यहाँ ठूलो त बिन लादेन पनि थियो नि ! सेप्टेम्बर ११ मा ठूल्ठूला मान्छेहरुले दुर्घटना गराएनन् ? विज्ञानले दुर्घटना भएन ? त्यसैले ठूलोमात्रै हुनु मान्छेको लक्ष्य होइन । असल पनि हुनुपर्छ । 

भनेपछि आशिष लाग्छ ? 

एकदम लाग्छ । 

तपाईंको जीवनमा ठूलाको आशीष कत्तिको लाग्यो नि ?

एकदम लाग्यो । मसँग सधैँ हुनुहुन्छ मेरा गुरु भगवान् पशुपतिनाथ । उहाँले दिएको आशीष मलाई सधैँ लागिरहेको छ । त्यस्तै मेरा आमाबुबाले दिएको आशीष पनि पूर्ण रुपमा लागिराछ तर नलागेको पनि छ । जस्तोः आज जताततै  दुर्घटना बढेको छ, किन ? आज हिंसा बढेको छ जताततै, किन ? आज अपराध बढेको छ जताततै, किन ? आशीर्वाद नलागेर त हो नि ! दिने कसले आशीर्वाद ? आशीर्वाद दिने व्यक्ति सही भएनन् क्या ! आशीर्वाद दिने व्यक्ति त त्यस्तो हुनुप-यो, जो वेदको ज्ञाता होस्, ज्ञानको ज्ञाता होस् । विज्ञानको भोको होस् । हिंसा, क्रोधलाई कहिल्यै क्षम्य नगरोस् । 

अनि दसैँमा दक्षिणाको महङ्खव कत्तिको हुन्छ नि ? 

दक्षिणा भनेको श्रद्धाले दिने कुरा हो । ठूलो/सानो भन्ने हुन्न । मन हो । आखिर पैसा मरेर त कसैले लाँदैन नि ! मर्ने बेला साढे तीन फुट जमिन भए पुग्छ क्यारे !

अचेल कोसेली लाने प्रचलन खुब बढेको छ । यो ठीक हो ? 

खाली हात नजानु भन्ने अर्थमा यो संस्कार आएको हो तर यहाँ त यो पनि आतिरञ्जित भइराछ । उपहारको नाममा घरखेत नै बेच्नुपर्ने अवस्था आइराको छ । उपहार सक्नेले दिन्छ, नसक्नेले महँगो उपहार दिनुपर्दैन । सामान्य फलफुल भए पुग्छ । तर यहाँ त दसैँ उपहार फेसन भइसक्यो । 

तपाईंको विचारमा यो दसैँ भनेको धर्म हो कि संस्कृति ? 

यसलाई हामीले जोडेर हेर्नुपर्छ । धर्म अलग, संस्कृति अलग हुन सक्दैन । शरीर र आत्मा अलग हुन सक्छ र ? हो, धर्म र संस्कृति नङ र मासुजस्तै हुन् । धर्म त दर्शन हो । संस्कृति विषय हो । दर्शनलाई पनि संस्कृतिमा हालेर हेर्नु राम्रो हुन्छ । विदेशको मान्छे पनि दसैँमा घर आउँछ । टीकै थाप्नलाई । चाडपर्वले समन्यवय बढाउँछ, त्यो भन्छ नि अंग्रेजीमा ‘को–अर्डिनेसन’ । टाढा रहेको हाम्रो मित्रतालाई पनि नजिक्याउँछ । दसैँ त महान् चाड हुँदै हो, सँगसँगै हामीसँग तिहार र छठ पनि छ । 

यो पटक दसैं कहाँ कसरी मनाउँदै हुनुहुन्छ ? 

मेरो त सधैँ उपासना हो । यहाँ पनि मनाउँछु, घरमा पनि मनाउँछु । चाडपर्वमा धेरैजसो बाहिर जान्छन् । दीनदुःखी, असहायहरुलाई हामी टीका लगाइदिन्छौँ । ठूलाबडा आउँदा उहाँहरुलाई पनि स्वागत गछौँ । 

तपाईंले कति पढ्नुभएको छ ? 

पढेको छु । संस्कृत, अंग्रेजी लगायत थुप्रै विषयमा मास्टर्स गरेको छु । 

यो दसैंमा विशेष आशीर्वाद केही छ त ?

कोही रुनु नपरोस् । कन्चनपुरकोजस्तो घटना कसैले बेहोर्नु नपरोस् । कोही पनि बलात्कृत हुनु नपरोस् । सबै सुरक्षित होऊन् । कसैले विदेश जानु नपरोस् । रगत बगाउनु नपरोस् । रोगलाई निम्त्याउनु नपरोस् । कति ठूलो रोग ल्याइरहेका छौँ हामी रगत बेचेर ? बाहिरबाट अनाज ल्याइरहेका छाँै । बाहिरबाट सामग्री ल्याउनु नपरोस् । यही उत्पादन गरौँ न ! तपाईं–हाम्रो मेलम्चीको पानी काठमाडौंमा हराभरा होस् न ! सिंगापुरको पानी, तेल किनेर कति दिन खानुहुन्छ भन्या ? ‘सस्टेनेबल इकोनमिक डेभलपमेन्ट’ भनेको यो हो त ? म त एउटा अर्थविद् पनि भएको हुनाले ‘आई ह्याभ टु एक्स्प्लेन अबाटउ द नेसनल सिनारियो ।’

इकोनोमिक्स पढ्नुभएको हो ?

डेफिनेट्ली ! पब्लिक फाइनेन्स, पब्लिक एडमिनिस्ट्रेसन पढेको हुँ । 

मास्टर्स नै गर्नुभएको हो ?

धेरै विषयमा गरेको हुँ । अघि नै भनिसकेँ । जर्नालिज्ममा पनि ब्याचलर गरेको हुँ । 

त्यत्रो पढेर काम भने पशुपतिमा पण्डित्याइँ ?

पूजापाठ र टीका लाएर थोडी कमाइ हुन्छ ? यहाँ त टाइमपास गरिरा’छु । मुलुकले पहिचान गर्नुप¥यो नि को कस्तो भनेर ! 







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...