८ वैशाख २०८१ शनिबार
खेल

नेविल कप फुटबलको उपाधि डाँगीहाट युवा क्लबलाई

सुनसरी – सुनसरीको प्रकाशपुरमा सम्पन्न दोस्रो नेविल ओभरसिज नकआउट फुटबलको उपाधी डाँगीहाट युवा क्लब बेलबारीले जितेको छ। फाइनलमा गोधुली फुटबल क्लब धरानलाइ ३–१ ले हराउँदै डाँगीहाटले उपाधि कब्जा गरेको हो।

उपाधिसँगै डाँगीहाटले १ लाख र उपविजेता गोधुलीले ५० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन्। असोज २४ देखि ३१ गते सम्म संचालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी धरानका मिलन राई घोषित हुँदा डाँगीहाटका अनोस मगर  म्यान अफ द सिरिज घोषित भए। त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोल रक्षकको उपाधि डाँगीहाटका विष्णु बोधालाई दिइयो। सबै उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल, प्रमाण–पत्र तथा नगद प्रदान गरिएको थियो।

उपाधि बिजेता,उपबिजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदको विकास अपरिहार्य भएको बताउँदै खेलकै माध्यमबाट राष्ट्रलाई चिनाउन खेलाडीलाई आग्रह गरे। उनले वन्यजन्तुको आश्रय स्थलका रुपमा चिनिएको प्रकाशपुरको परिचय खेलाडी उत्पादन केन्द्रमा बदल्न आग्रह गरे।

आयोजक नेविल ओभरसिजकि अध्यक्ष राधिका कटुवालले व्यवसायका लागि आफू राजधानी बसे पनि प्रकाशपुरको विकासमै आफ्नो ध्यान रहेको बताइन। अध्यक्ष कटुवालले व्यक्तिगत खर्चमा गाउँमा प्रतियोगिता आयोजना गर्नुमा आफ्नो कुनै स्वार्थ नभएको प्रस्ट पार्दै आफ्नो जन्मथलोलाई खेलकुदका माध्यम चिनाउने उद्देश्य रहेको बताइन।

 

प्रकाशित: ३१ आश्विन २०७५ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App