८ वैशाख २०८१ शनिबार
समाज

लागु औषधसहित पक्राउ

इनरुवा – सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट बिहीबार लागु औषधसहित मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। प्रहरीले माझीको साथबाट एभिल १५ एम्पुल, डाइजेल्याप १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल बरामद गरेको छ।    (रासस)

 

प्रकाशित: ३१ आश्विन २०७५ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App