८ वैशाख २०८१ शनिबार
कला

रजनी गुरुङ बनिन् यूके डान्स अफ २०१८ को विजेता

लण्डन- बेलायतमा चर्चित नृत्य प्रतियोगिता यूके डान्स अफको तेस्रो संस्करण रजनी गुरुङले जितेकी छन्। सपन इन्टरटेनमेन्ट यूकेको आयोजनामा आइतबार अल्डरसटको प्रिन्सेस हलमा सम्पन्न प्रतियोगितमा सहभागी १२ प्रतियोगीलाई उछिनेर रजनी यूके डान्स अफ २०१८ को विजेता बनेकी हुन्। उनले पब्लिक च्वाईस समूहमा समेत सर्वाधिक मत प्राप्त  गरेकी थिइन्।

प्रतियोगितामा बेनुका लिम्बू पहिलो रनर अप र सिर्जना रायमाझी दोस्रो रनर अप बन्न सफल भए। विजेताले नगद १२ सय पाउण्ड तथा पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिता सुरु हुनुअघि तेस्रो यूके डान्स अफ प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, यूके डान्स अफका प्रमुख सल्लाहकार सुर्य गुरुङ, कानुनी सल्लाहकार राजु थापा, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, तमु धी यूके अध्यक्ष ज्ञाम गुरुङ, बिजिडब्लुएस अध्यक्ष मे टिकेन्द्र दल देवान, कार्यक्रमका मुख्य प्रायोजकहरु कमल गुरुङ र पुनम गुरुङ, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगी मगर लगायतले संयुक्त रुपमा गरेका थिए।

प्रतियोगितामा निर्णायकको भुमिका नायिका मिरुना मगर, पहिलो यूके डान्स अफ विजेता जेनी सुनुवार र पर्छ प्रोडक्सनका समिर गुरुङले निभाएका थिए। कार्यक्रममा सेलिब्रेटी निर्णायकको रुपमा भने पहिलो नेपाल आइडल बुद्ध लामा थिए।

प्रकाशित: ३१ आश्विन २०७५ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App