‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र’

बुधबार, ३१ असोज २०७५, १७ : २५ नागरिक

133


काठमाडौं – बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर : नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरिएको छ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र भएको उल्लेख गर्दै उक्त क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए। सरकारले आगामी दश वर्षभित्रमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको जानकारी दिँदै उनले त्यसका निम्ति नेपाललाई वैदेशिक लगानी आवश्यक भएको बताए।

मन्त्री पुनले भने, “नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म चिनियाँ लगानीकर्तालाई आह्वान गर्दछु।” चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा चिनियाँ लगानी भित्र्याउन आफू निरन्तर क्रियाशील रहेको बताउँदै त्यसका निम्ति चिनियाँ उद्यमी र नेपालका नीति निर्माण तहसँग सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सङ्घीय संसद्का सदस्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, नेपाल र चीनको निजी क्षेत्रका उद्यमी, व्यवसायी, गैरआवासीय नेपाली सङ्घ, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ, एशियाली पूर्वाधार, लगानी बैंक, जलविद्युत् लगानी तथा विकास बोर्ड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलगायत ऊर्जा क्षेत्रका जानकारसहित १५० जनाको सहभागिता रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। (रासस)







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad