coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जुम्ली भेडाको मुल्य २६ हजार

जुम्ली खसीबोका बिक्रीका लागि सदरमुकाम खलंगा तर्फ ल्याइदै । तस्बिरः डिबी/नागरिक

जुम्ला – गत वर्षको तुलनामा यो वर्ष जुम्ली खसीबोकाको मुल्यमा वृद्धि भएको छ। छिमेकी जिल्ला र चाईनाबाट आउने च्याङग्रा नआएपछि स्थानीय खसीबोकाको मुल्य वृद्धि भएको हो। गत वर्ष न्युनतम ७ देखि अधिकतम २० हजारसम्म मुल्य थियो। तर अहिले जुम्ली खसीबोकाको मुल्य २६ हजारसम्म पुगेको छ।

पछिल्लो समयमा खसीबोका पाल्ने किसानको संख्यामा वृद्धि हुँदै गएको छ।” यहाँको भेडा कालिकोट, मुगु, हुम्ला, जाजरकोट र डोल्पासम्म पुग्ने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा वित्तिय केन्द्रका प्रमुख गोविन्द बहादुर महत बताउँछन। उनले भने,“जुम्लामा दसैं मनाउनको लागि यहाँको भेडा प्रयाप्त छन।  पछिल्लो समयमा यहाँको आम्दानीको स्रोत नै भेडापालन देखिएकोले किसान हौसिएका छन्। यहाँका लागि यहाँकै भेडा काफी देखिन्छ्न तर वर्षेनी खसीबोकाको मुल्य आकासिदो छ।” जुम्लामा  दसैंमा ६ हजारसम्म भेडा विक्री हुने गरेको महत बताउँछन।

“यहाँ दसैंमा खसीबोकाको किनबेच हुने भनेकै अधिकतम ६ हजारसम्म हो, उनले भने, “तर यो वर्ष यहाँका खसीबोकाको मुल्य दोब्बर बढेर आयो।”  खसीबोका व्यापारीले भने, पाटनमा भेडा खरिद गरेदेखि नै कर तिर्नुपरेकोले खसीबोकाको मुल्य बढेको बताएका छन।  यहाँको खसीबोकाले दसैंको माग पुरा गर्ने भएपनि केही सौखिनहरूले २५ प्रतिशत भेडा छिमेकी जिल्ला र चाइनिज भेडा मगाउने गरेको हुन्थ्ये, तर यो पटक बाहिरको खसीबोका आउन पाएन।

जुम्लामा खसीबोकोको संख्या ७५ हजार छ। बाख्राको संख्या ४५ हजार छ। स्थानीय खसी बोका यो दसैँमा न्युनतम ७ हजारदेखि अधिकतम २६  हजारमा विक्री भएका छन्। व्यवसायीक भेडापालक किसान बढ्दैछ्न, विभिन्न परियोजनाले साथ दिएका छन, चरन क्षेत्रको अभाव छैन्, महतले भने, “खसीबोकाको अभाव छैन, तर विभिन्न जातका खसीबोकोको मासु टेस्ट गर्न चाहनेले यहाँको खसीबोका खरिद गर्दैन्न।”  प्रत्येक दिन यहाँको बजारमा १५ देखि २० खसीको बध हुन्छ। यहाँको भेडाबाख्रा स्वास्थ्यका लागि निकै उत्तम मान्छिन। पालनपोषण राम्रो भएकोले यहाँको भेडामा रोगको संक्रमण देखिदैन्।   

सिजा गाउँपालिकाको धापा, शनिगाउँ, कनकासुन्दरी गाउँपालिकाको मालिकाबोता, बुम्रामाडिचौर, पातारासीको छुमचौर, डिल्लीचौर, पातारासी, गुठिचौर, तातोपानीको ताम्ती र तिलाको मालिकाठाटा, घोडेमहादेवमा भेडा पाल्ने चलन छ।  

प्रकाशित: ३१ आश्विन २०७५ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App