राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

बुधबार, ३१ असोज २०७५, १६ : ०६ नागरिक

काभ्रेपलाञ्चोक- राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन्।

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरेकी हुन्। उनी विहान ९ः३५ बजे भगवती मन्दिर पुगेकी थिइन। राष्ट्रपति भएपछि उनले यस मन्दिरमा पूजाअर्चना गरेकाे यो दोस्रोपटक हो। उनीसँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी थिए। 

राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाको २६ नंबर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा अन्य पदाधिकारीले स्वागत गरेका थिए।

सो अवसरमा मन्दिर व्यबस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराए। 

राष्ट्रपति भण्डारीले ‘यस विषयमा म सरकारसँग कुरा गर्छु’ भनेर अाश्वासन दिएकी थिइन्। मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु दुई करोड ५२ लाख रुपैयाँ छुट्याएको छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad