७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘झापादेखि डडेल्धुरासम्मका प्रधानमन्त्री भए, तर त्यो ठाउँको विकास किन भएन्?’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संघीयता जातको लागि नभएर विकासको लागि भएको बताएका छन्। 

रिपोर्टर्स क्लबद्वारा बुधवार आयोजित साक्षात्कारमा उनले भने, ‘पञ्चायतदेखि अहिलेसम्म नेताहरुले तीन–तीन ठाउँमा (पहाड, मधेस र काठमाडौं) मा घर बनाए, तर देश बनाउन सकेनन्। अब देश बनाउने हो भने मुख्यमन्त्रीहरुले विशेष भूमिका खेल्नुपर्छ।’ 

उनले देशको प्रधानमन्त्री जन्माउने जिल्लाकै विकास नभएको भन्दै थपे, ‘झापा, इलाम, डडेल्धुराका नेता प्रधानमन्त्री भएका छन्, तर अहिलेसम्म त्यो ठाउँको विकास भएन्। किनकी उनीहरुको स्थायी बसोबास काठमाडौंमा छ। उनीहरुलाई जिल्लाको माया छैन्।’ अहिले काठमाडौंलाई अस्तव्यस्त बनाइएको भन्दै उनले आक्रोश पोखे। 

संघीयता मास्ने अवस्था नरहेको पनि प्रधानले स्पष्ट पारे। उनले भने, ‘संघीयता विकासको लागि हो। त्यसैले यो मास्ने अवस्था छैन। अब राजतन्त्र पनि फर्किंदैन्।’

प्रकाशित: ३१ आश्विन २०७५ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App