coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटनामा ३ जनाको मृत्युु, चार घाइते

धादिङ – पृथ्वी राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्।

चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

मृतकमध्ये दुई जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्याङ्करमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

घाइते चार जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए। दुवै सवारी एकापसमा ठक्कर ठोक्किँदा दूध बोक्ने ट्याङ्कर भने सडकबाट करिब १०० मिटर तल खसेको थियो।  (रासस)

 

प्रकाशित: ३१ आश्विन २०७५ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App