प्रधानमन्त्रीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने, काम नगर्ने मन्त्री हटाइने

बुधबार, ३१ असोज २०७५, १५ : ५३ नागरिक

1659


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी गरेका हुन्। 

ओलीले आफ्नो सचिवालय, मन्त्रिमण्डलको पुनर्गठन र प्रहरी प्रशासन परिचालनको विषयमा आवश्यक तयारी गरिरहेको नेकपाका नेता एवं सांसद महेश बस्नेतले जानकारी दिए। ‘दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर तथा सचिवालय पनि पुनर्गठन हुन्छ’, ओलीनिकट बस्नेतले भने।

दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने जानकारी दिँदै बस्नेतले थपे, ‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ र सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस वा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरामा पनि ध्यान दिनेछ। प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ।’

प्रधानमन्त्रीको ७ महिने कार्यकाल सफल 

प्रधानमन्त्रीको ७ महिने कार्यकाल सफल रहेको दाबी गर्दै बस्नेतले रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारको पर्फर्मेन्सबाट जनताखुशी छन्।’

प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको पनि उनले सुनाए। उनले सीके राउत र नेत्रविक्रम चन्दका गतिविधिहरु एकदमै गलत रहेको बताए। दुई नम्बर प्रदेश र संघीय सरकारबीचको असमझदारी पनि विस्तारै घट्दै जाने उनको भनाई छ। 

फरक प्रसंगमा उनले आफ्नो पार्टीको सांगठनिक अवस्था अहिले कमजोर भैरहेको स्वीकार गरे। ‘त्यसैका लागि प्रधानमन्त्रीले नेता कार्यकर्तालाई संगठित हुनुपर्छ भन्नुभएको छ। प्रधानमन्त्रीले अरिंगाल बन्नुपर्छ भन्नुभएको पनि यही सेन्समा हो। यसलाई बंग्याएर बुझ्नुहुँदैन्’, उनले भने।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...