फरार दुई अभियुक्त १८ वर्षपछि पक्राउ

बुधबार, ३१ असोज २०७५, १२ : २७ नागरिक

गौशाला- लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। 

पक्राउ परेका साह विसं २०५७ कात्तिक ४ गतेका दिन आफ्नै घरमा १०१ किलो प्रतिबन्धित लागुऔषध गाँजा राखी बिक्री वितरण गर्न लागेको अवस्थामा प्रहरीले उक्त गाँजा सुराकीको आधारमा छापा मारी नियन्त्रणमा लिएको थियो भने कारोबारी साह घरबाट भाग्न सफल भएका थिए। 

त्यस्तै अर्का कारोबारी यादव विसं २०६० असार २१ गतेका दिन ज१त ३२२ नं को ट्याक्टरमा बालुवा लोड गरी बालुवाभित्र २०० किलो प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गर्न लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा जानकारी पाएपछि जलेश्वर–सम्सी सडकखण्डमा आरोपीले प्रहरीलाई देखेर ट्याक्टर छाडी भागेका थिए। 

क्रमशः १८ वर्ष र १५ वर्षदेखि लागुऔषध गाँजा कारोबार मुद्दामा फरार दुवै अभियुक्त दशैँ मेला मान्नका लागि लुकीछिपी गाउँघरमा आएको जानकारी पाएपछि प्रहरीले दुवैलाई घरैबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 







यसमा तपाईको मत


अन्य समाचार

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...