७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं – लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने सेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.७९ बिन्दुले घटेर १२४१.६४ मा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४५ बिन्दुले घटेर २६४.१० मा आइपुगेको छ । 

स्टकका अनुसार एक सय ५२ कम्पनीको १४ लाख ६४ हजार आठ सय ९४ वित्त सेयर ३३ करोड ५८ लाख ६५ हजार पाँच सय २३ मूल्यमा खरिद–बिक्री भएको छ । कारोबार रकम भने आइतबारको तुलनामा बढी हो ।

स्टकका अनुसार कारोबार भएका विभिन्न १० उपसमूहमध्ये पाँच उपसमूहको सेयर परिसूचक बढेको र पाँच उपसमूहको घटेको छ । होटल ५.४२, वित्त ३.३५, निर्जीवन बिमा १२.३५, उत्पादन २४.३३, जीवन बिमा २.६४ प्रतिशतले वृद्धि भएको छ । यस्तै बैंकिङ ०.४६, विकास बैंक ५.३२, जलविद्युत् ५.९७, अन्य ४.३६ र माइक्रोफाइनान्स ०.६ प्रतिशतले घटेको छ।   (रासस)

प्रकाशित: ३० आश्विन २०७५ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App