coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

करबाकेलीमा होमस्टे तालिम

काठमाडौं – म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ प्रवद्र्धन एवं स्थानीयको क्षमता अभिवृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ।  

म्याग्दी भ्रमण वर्ष २०७५को अवसरमा शुभारम्भ गरिएको ‘करबाकेली इको ट्रेक’का होमस्टे र होटल सञ्चालकसमेत गरी ४० जना तालिममा सहभागी भएका थिए । उनीहरुलाई नाथम कलेज काठमाडौंको समूहले होमस्टे व्यवस्थापन, कुकिङ, सरसफाइ, अतिथि सत्कारलगायत आधारभूत तालिम दिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समिति र करबाकेली पर्यटन व्यवस्थापन समितिले सात दिनसम्म तालिम दिलाएको थियो । ‘पदमार्गका गाउँलेहरु एकदमै उत्साहित र जागरुक पाइयो,’ नाथमका प्रमुख प्रशिक्षक मनराजा खत्रीले भने ।

समितिका सल्लाहकार चामबहादुर पुनका अनुसार तालिममा म्याग्दीका राम्चे, रिमा, फूलबारी र काफल डाँडा तथा पर्वतको कुवापानी र लोप्रे गाउँका पर्यटनकर्मी सहभागी भएका थिए ।  कन्सेप्ट नेपाल, काठमाडौंको प्राविधिक सहयोगमा गत वैशाखमा यो पदमार्ग एक्सप्लोर गरिएको हो । अन्नपूर्ण क्षेत्रको नयाँपुल हुँदै पुनहिल भएर फूलबारीबाट बेनी झर्ने नयाँ पदमार्गमा पदमार्गमा पर्यटक आकर्षित हुन थालेका छन्। 

करबाकेली पर्यटन व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर पुनका अनुसार पदमार्गको नक्शा, वृत्तचित्र, भिडियो, वेबसाइट र क्यालेन्डर प्रकाशन गरिएको छ । पदमार्गमा संकेत चिन्ह राख्ने र मर्मत गर्ने काम चाँडै पूरा गरिने छ।

प्रकाशित: ३० आश्विन २०७५ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App