coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

औद्योगिकरणलाई लघु उद्योग आवश्यक

काठमाडौं – मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले बताएका छन्।

दसैं, तिहार, छठ तथा नेपाल संवत् ११३९ को अवसरमा नेपाल घरेलु तथा साना उघोग महासंघले सोमबार राजधानीमा शुभकामना आदान र अन्तरक्रियामा कार्यक्रममा बोल्ने यस्तो प्रतिक्रिया आएको हो।

उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको बताए । गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटील उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको उनले बताए।

मुलुकमा राजनीतिक माहोल सहज भएर मात्रै नहुने भन्दै महानिर्देशक सिंहले उद्योगधन्दा निर्वाध रुपमा सञ्चालनका लागि धेरै कुराको अनुकूलता मिल्नुपर्ने बताए । कच्चा पदार्थभन्दा पनि तयारी वस्तुको भन्सार बढिरहेकोतर्फ ध्यानाकर्षण गर्दै राजस्व जम्मा गर्ने नाममा सबै उद्योगलाई एउटै डालोमा राखेर हेर्न नहुने उनको भनाइ थियो।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताए । उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको उनले बताए।

समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धी नीतिहरु थप प्रष्ट एवं नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने उनले बताए।

प्रकाशित: ३० आश्विन २०७५ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App