८ वैशाख २०८१ शनिबार
अर्थ

टेलिकमले ल्यायो अटम अफर

काठमाडौं – नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ‘अटम अफर’ दिने घोषणा गरेको छ । यो अफर सोमबारदेखि लागू भएर पुस २८ गतेसम्म लिन सकिने टेलिकमले जनाएको छ।

ह्याप्पी विकेन्ड प्याक
यो अफर जिएसएम–सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा प्रयोग गर्न सकिनेछ । ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ।  

अल टाइम डाटा प्याक
जिएसएम प्रिपेड–पोस्टपेड तथा सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । यसअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ।

बोनससमेत गरी अल टाइम डाटा प्याकअन्तर्गत १० रुपैयाँमा एक दिनसम्म २४ सै घन्टासम्म उपयोग गर्न पाउने गरी २३ एमबी, २५ रुपैयाँमा सात दिनसम्म २४ सै घन्टासम्म उपयोग गर्न पाउने गरी ७५ एमबी, ५० रुपैयाँमा २८ दिनसम्म २४ सै घन्टा उपयोग गर्न पाउने गरी १५८ एमबी, एक सय रुपैयाँमा २८ दिनसम्म २४ सै घन्टा उपयोग गर्न पाउने गरी ५१० एमबी, दुई सय रुपैयाँमा २८ दिनसम्म २४ सै घन्टा उपयोग गर्न पाउने गरी १०८८ एमबी, तीन सय रुपैयाँमा २८ दिनसम्म २४ सै घन्टा उपभोग गर्न पाउने गरी १९१३ एमबी र पाँच सय रुपैयाँमा २८ दिनसम्म २४ सै घन्टा उपभोग गर्न पाउने गरी ४५०० एमबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ।

नाइट टाइम भोलुमबेस्ड डाटा प्याक
जिएसएम प्रिपेड–पोस्टपेड तथा सिडिएमए प्रिपेड–पोस्टपेड मोबाइलमा नाइट टाइम भोलुमबेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ।

थप बोनससमेत गरी नाइट टाइम भोलुम बेस्ड डाटा प्याकअन्तर्गत अब पाँच रुपैयाँमा ६८ एमबी डाटा एक दिनसम्म प्रयोग गर्न सकिने छ । त्यस्तै ४५ रुपैयाँमा ६३८ एमबी डाटा सात दिनसम्म र तीन सय रुपैयाँमा ७६८० एमबी डाटा २८ दिनसम्म चलाउन पाइने छ । नाइट टाइम भोलुमबेस्ड डाटा प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ।

अनलिमिटेड नाइट टाइम डाटा प्याक
जिएसएम–सिडिएमए प्रिपेड–पोस्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जिएसएम–सिडिएमए नाइट डाटा प्याकअन्तर्गत १५ रुपैयाँमा १ जिबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिनसम्म यसको अवधि हुनेछ । त्यस्तै ८५ रुपैयाँमा सात दिनसम्म र दुई सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड १ जिबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । उपरोक्त सबै प्याकमा १ जिबी डाटासम्म थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ। 

अल टाइम सोसियल मिडिया डाटा प्याक
अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनससमेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा सात दिन र सय रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यस्तै दुई सय रुपैयाँमा १५०० एमबी डाटा २८ दिन अवधिका लागि उपलब्ध हुनेछ।

अल टाइम डाटा स्ट्रिमिङ प्याक
जिएसएम तथा सिडिएमए प्रिपेड–पोस्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याकअन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यसमा थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटासमेत गरी एक सय १५ रुपैयाँमा १९५० एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २८ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यस्तै ४५ रुपैयाँमा ६०० एमबी डाटा सात दिनका लागि र १० रुपैयाँमा १५० एमबी डाटा एक दिनका लागि उपलब्ध हुनेछ।

अल टाइम फोरजी डाटा प्याक
अल टाइम जिएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटासमेत गरी १२ रुपैयाँमा ३८ एमबी डाटा एक दिन, ५० रुपैयाँमा २५५ एमबी डाटा सात दिन र सय रुपैयाँमा ६०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यस्तै दुई सय रुपैयाँमा १५३६ एमबी, ३०० रुपैयाँमा २६१२ एमबी र ५०० रुपैयाँमा ४६०८ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ।

अल टाइम भ्वाइस प्याक
जिएसएम तथा सिडिएमए प्रिपेड–पोस्टपेड मोबाइलमा भ्वाइस प्याकअन्तर्गत एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । त्यस्तै २५ रुपैयाँमा ३० मिनेटको प्याकेज तीन दिनका लागि उपलब्ध छ । ५० रुपैयाँमा पाँच दिनका लागि ७५ मिनेट, सय रुपैयाँमा १० दिनका लागि एक सय ९० मिनेट, दुई सय रुपैयाँमा २८ दिनका लागि चार सय मिनेट र पाँच सय ५० रुपैयाँमा ६० दिनका लागि ११६० मिनट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ।

एक घन्टा अनलिमिटेड प्याक
यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जिएसएम÷सिडिएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टिभ भएपछि एक घन्टासम्म भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्ने छन्।

त्यस्तै टेलिकमले जिएसएम थ्रिजी÷फोरजी एक जिबी प्रतिदिनको डाटा प्याक, नाइट टाइम भ्वाइस प्याक, भिडियो र टिभि प्रतिघन्टा प्याक, एसएमएस प्याक, एफटिटिएच व्यक्तिगत प्याकेज, एफटिटिएच कर्पोरेट युजर प्याकेज, एडिएसएल भोलुम प्याक, एडिएसएल अनलिमिटेड प्याक, विद्यार्थी अफर, इन्डिया कल अफर, मिस्ड कल अलर्ट र एफटिटिएचमा निःशुल्क भ्वाइस अफर पनि घोषणा गरेको छ।

प्रकाशित: ३० आश्विन २०७५ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App