दसैँको मर्म र शरीरको धर्म

मङ्गलबार, ३० असोज २०७५, ०८ : ०४ डा. नम्रता पाण्डे

नेपाली समाजमा वर्षैभरि जातीयता, भौगोलिकता, धार्मिक आस्था र संस्कार एवं संस्कृतिसँग जोडिएर विभिन्न पर्वहरू मनाइने गरिन्छ । हिन्दूहरूले मनाउने सबै चाडपर्वका आ–आफ्नै महत्व छन्, तीमध्ये महान् पर्व दसैँ विशेष महत्वका साथ मनाइन्छ । प्रत्येक चाडपर्वका उद्देश्य र मनाउने शैली, तरिका फरक–फरक छन्।

नेपाल जसरी भौगोलिक रूपमा विविधतायुक्त छ, त्यसैगरी पर्व र संस्कृति पनि विविधतायुक्त तरिकाले मनाइन्छ । दसैँलाई हिन्दूहरूको मात्र पर्व नमानेर राष्ट्रिय पर्वको मान्यता दिइएको छ । हरेक पर्वका जस्तै दसैँको धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्ष छन् । धार्मिक प्रचलनलाई मान्यता दिँदै यसको संरक्षण गर्नु यो पर्वको एउटा पक्ष हो भने आफ्नो संस्कृति र परम्परा सन्तान–दरसन्तानले पनि पहिचान बनाउन सकून् भन्ने अर्को पक्ष हो।

पर्व सुरु हुनासाथ प्रत्येकको मनमा एउटा तरङ्ग उत्पन्न भएको हुन्छ, उत्साह थपिएको हुन्छ र शारीरिक, मानसिक र भावनात्मक रूपमै एक किसिमको हर्षोल्लास फैलिएको हुन्छ । यसको अर्थ पर्वले हाम्रो जीवनमा खुसी थप्ने काम गर्छ । तर, सबैको हकमा, सधैँ खुसी नै ल्याएको छ कि नजानिँदो तरिकाले बन्धन, थप आर्थिक भार र शारीरिक एवं मनोवैज्ञानिक रूपमै असर गरेको छ भन्ने कुरा चाहिँ हामी कसरी पर्व मनाउछौँ भन्ने कुराको आधारमा तय हुन्छ।

हाम्रो समाजमा पर्व मनाउने भन्नासाथ अरुको देखासिकी र अरुलाई देखाउनकै निम्ति आफ्नो हैसियत भन्दा बढेर आर्थिक भार बेहोर्न बाध्य हुने संस्कार बसेको छ । भन्नेहरूको त कमी हुँदैन हुँदैन, अरुले के भन्लान् भन्ने चिन्ता र अरुको भनाइ नसुन्नकै लागि देखावटीबाट छुटकारा पाउन सकेको देखिँदैन । हामी के परिकार बनाउँछौँ, के खान्छौँ, के खुवाउँछौँ र के दिन्छौँ त्यसमा हाम्रो परिचय र इज्जत छिपेको मान्छौँ । हार्दिकता र प्रेमभन्दा औपचारिकता र मान्यतामै हाम्रो जीवन गुज्रिरहेको छ भन्दा अनुपयुक्त नहोला।

पर्वमा शरीरले र मनले आनन्द, शान्ति र मनोरञ्जन खोजेको हुन्छ । यो आनन्दले अरु समयमा पनि जीवन ऊर्जा थपेको हुन्छ । मन व्यवस्थापन, शरीर व्यवस्थापन, सम्बन्धको व्यवस्थापनका लागि पर्व मनाइन्छ । पर्वले मानिसलाई सकारात्मक हुने अवसर प्रदान गर्छ त्यसैले मनोवैज्ञानिक रूपमा पनि यसको महत्व छ । मानिस सकारात्मक र खुसी हुन सक्यो भने मानसिक रूपमा विकृत हुन पाउँदैन । मानिस मानसिक र शारीरिक रूपमा स्वस्थ हुन सक्यो भने उसको सृजनशीलता पनि वृद्धि हुँदै जान्छ । जुन राष्ट्र र समाजमा चाडपर्व र संस्कारलाई उत्सवका रूपमा मनाउने प्रचलन छैन, त्यहाँका मानिसहरू बढी तनावमा जाने गरेको तथ्य अनुसन्धानले पनि देखाएको छ।

तर, नेपाली समाजमा दसैँ विशेष गरी खाने र खुवाउने पर्वको रूपमा चिनिन्छ । त्यसमा पनि मांसाहारको प्रयोग बढी नै हुन्छ । यही खाने बहानामा होला पशुको बलि प्रथा पनि प्रचलित हुँदै आएको । नवदुर्गा शक्तिकी स्वरूप भनेर जसरी धर्मको मान्यता छ त्यसैगरी, शरीरको पनि आफ्नै धर्म छ । शरीरले काम गर्न पनि ऊर्जा र शक्ति चाहिन्छ । तर धेरै खाएर, मांसाहार खाएर, जे पनि खाएर शरीरमा शक्ति आउँदैन । धेरै र अभक्ष, अपाच्य र अस्वस्थ खानाले शरीरको शक्ति क्षीण हुन जान्छ । त्यसैले मानिसले के खाने, के नखाने, कति खाने, कहिले खाने यसको आफ्नै अनुशासन र नियम छ त्यो नै शरीरको धर्म हो । मानिसको शरीरको बनोट, प्रकृति, स्वभाव र पाचनप्रणाली मांसाहारका लागि बनेकै छैन।

मानिस किन बिरामी हुन्छ ? किन असहजताको अनुभूति गर्छ ? किनकि उसको खानपान शरीर सुहाउँदो भएन भने, प्रेम, हार्दिकता, प्राकृतिक रूपमा तयार भएको र अपनत्वले बनेको भोजन ग्रहण गर्न पाएन भने, स्वच्छ र प्रेमपूर्ण वातावरण पाएन भने मानिस बिरामी पर्छ । अनेक किसिमका भाइरल र कडा रोग लाग्नुको मुख्य कारण खानपान र वातावरण नै हो । किनकि खानपान र वातावरणले उसको मनस्थितिमा सिधै असर गर्छ । मनस्थिति शान्त र स्वस्थ भएन भने व्यक्ति प्रसन्न रहन सक्दैन । मनस्थिति शान्त नभएपछि क्रोध बढ्छ, तनाव उत्पन्न हुन्छ र  विचारहरू नकारात्मक हुन थाल्छन् । सबै कुरालाई सहज, शान्त र सकारात्मक बनाउन पर्वसँगै शरीरको धर्मलाई पनि ख्याल गर्नैपर्ने हुन्छ।

नवदुर्गा पूजा र आराधनाको अर्थ पशु बलि नभएर मानिसमा रहेको पशुत्व स्वभावलाई बलि गर्नु र नवदुर्गारूपी स्त्री शक्तिलाई सम्मान गर्नु हो । कुनै पनि धर्म र शास्त्रमा स्त्रीलाई निम्न कोटिमा राख्ने र निरीह पशुलाई बलि दिने कुरा उल्लेख भएको पाइँदैन । काली स्वरूप माताको पूजा गर्नुको अर्थ मानिसभित्र रहेको अन्धकाररूपी स्वभावलाई जानेर प्रकाशमय जीवन जिउने कलाको विकास गर्ने सन्देश दिन खोजिएको हो । समाजले महिलालाई धेरै विभेद गरेको देखिए पनि हिन्दू संस्कृतिले उच्च स्थानमा राखेको छ । महिलालाई हिन्दू संस्कारले जति अरु कुनै संस्कारले सम्मान गरेको पाइँदै ।

प्रवृत्ति बसाउने र पुरातनवादी सोचले महिला विभेदमा परेका हुन् । किनकि हिन्दु धर्म र शास्त्रमा महिलालाई शक्तिकी देवी दुर्गा, धनकी देवी लक्ष्मी र विद्याकी देवी सरस्वतीलाई मानेको छ । शक्ति, धन र विद्या सबैको प्रतीकात्मक स्वरूप महिला हुन् । जुन कुरा महिलाबाटै प्राप्त हुन्छ । पहिलो ज्ञान महिलाबाट प्राप्त हुन्छ । महिला प्रकृति हुन्, जुन निरन्तर चलायमन हुन्छिन् । परिवर्तनशील हुन्छिन् । पुरुष स्थिर हुन्छन् । स्थिर जातिलाई ज्ञान, सम्पत्ति, विद्या सबै कुरा प्रकृतिबाट प्राप्त हुन्छ । संस्कारले मात्र महिलालाई दिने र पुरुषलाई लिने बनाएको छ । शास्त्रको गहिरो अध्ययन र बुझाइमा कमजोरीका कारण कमजोर मान्यताले स्थान पाएका छन्, समाजमा।

दसैँका नाममा विभिन्न विकृति पनि आएका छन् । दसैँमा पर्वको महत्व बुझेर भन्दा पनि रमाइलो गर्ने निहुँमा विसंगति भित्रिएका छन् । आम्दानी कम हुनेले मनाउनै नसकिने गरी दसैँ महँगो हुन थालेको छ । दसैँ जुवा–तास खेल्ने, मद्यपान गर्ने, होहल्ला गर्ने पर्व बन्ने गर्छ कतिका लागि । पहिले पहिले जस्तो पिङ खेल्ने, व्रत बस्ने, देवी दुर्गाको महत्वको चर्चा गर्ने काम भन्दा किनमेल र तडकभडकले स्थान लिन थालेको छ । दसैँको समयमा दिनभरि रातभरि जुवातास खेलेर घरमा बासै नहुने पुरुषहरू पनि छन्।

पर्व आफ्ना लागि मात्र होइन, घरपरिवारका सदस्यलाई पनि रमाइलो गराउनुपर्छ भन्ने भावना खोइ ? नवरात्रिभरि साधना र आराधना गरेको प्रसाद स्वरूप दसौँ दिनको टीका, जमरा र आशीर्वादरूपी फल प्राप्त हुन्छ । त्यसैगरी नौ दिनसम्म ध्यानको साधना गर्न सक्ने हो भने हाम्रो अवचेतन मन प्रशिक्षित हुन्छ र प्रेम–आनन्दको अनुभूति स्वरूप प्रसाद प्राप्त हुन्छ । सामान्य पर्व मनाउन त धेरै कुराको अभ्यास आवश्यक हुन्छ भने जीवनलाई पर्वमय बनाउन ध्यानको अभ्यास र साधना चाहिँदैन त ? ध्यानको अभ्यासले दया, माया, प्रेम, करुणा, शान्ति, सम्मान भाव बढाउँछ र पूर्णताको अनुभव प्राप्त हुन्छ । शरीर र मनस्थिति सहज हुनेगरी, जीवनमा आनन्दको अनुभूति प्राप्त गर्दै जीवनप्रतिको प्रेम र आफ्नो सम्बन्धलाई सुमधुर राख्नु पर्वको मर्म हो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad