८ वैशाख २०८१ शनिबार
समाज

शिक्षा पुनःसंरचना गर्न सुझाव समिति

काठमाडौं – सरकारले शैक्षिक जनशक्ति र शिक्षा प्रणालीको पुनःसंरचनाका निम्ति सुझाव प्रस्तुत गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपालका लागि आवश्यक शैक्षिक जनशक्तिको आकलन गरेर तदनुरुप समग्र शिक्षा प्रणालीको पुनःसंरचनाका निम्ति सुझाव दिन समिति बनाउने निर्णय गरेको हो।

समितिलाई आगामी छ महीनाभित्र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न कार्यादेश दिइएको छ । समितिले दिने सुुझावका आधारमा सरकारले आगामी १५ औं पञ्चवर्षीय योजनामा समावेश गर्ने गरी जनशक्तिको मोटामोटी आकलन गर्नेछ।

प्रकाशित: ३० आश्विन २०७५ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App