८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिकालाई जग्गा दान

खोटाङ – खोटाङको बराहपोखरी गाउँपालिका कार्यालय भवन निर्माणका लागि १२ स्थानीय जग्गा दान गरेका छन् । गाउँपालिका कार्यालय भवनलगायत आवश्यक भौतिक संरचना निर्माणका लागि उनीहरूले निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।

बराहपोखरी गाउँपालिकाल वडा नम्बर ४, फाक्टाङस्थित बाघखोर भञ्ज्याङ केन्द्र तोकिएको गाउँपालिकाका लागि आवश्यक जग्गा निःशुल्क प्राप्त भएको वडाध्यक्ष भुवलराज राईले जानकारी दिए।

उनका अनुसार स्थानीय रुद्रबहादुर मगरले ८ रोपनी, टंक मगरले ६ रोपनी, पवित्रा निरौलाले ५ रोपनी, भीमबहादुर श्रेष्ठले ३ रोपनी ८ आना, टीकाप्रसाद आचार्यले ३ रोपनी, देवेन्द्र नारायण श्रेष्ठले २ रोपनी ९ आना जग्गा निःशुल्क दिएका हुन्।

यस्तै, कर्णबहादुर श्रेष्ठले २ रोपनी ८ आना, लालबहादुर मगरले २ रोपनी ८ आना, टंकनारायण श्रेष्ठले २ रोपनी ७ आना, दिल्लीबहादुर विकले १ रोपनी, अबिरमान विकले १० आना र नरबहादुर विकले ८ आना जग्गा निःशुल्क प्रदान गरेको वडाध्यक्ष राईले बताए । जग्गा दाताहरूले खोटाङबजारस्थित मालपोत शाखा कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका छन् । गाउँपालिकालाई जग्गा दिन अन्य स्थानीयसमेत इच्छुक देखिएको वडाध्यक्ष राईको भनाइ छ।

प्रकाशित: ३० आश्विन २०७५ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App