प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

मङ्गलबार, ३० असोज २०७५, ०७ : १५ नागरिक

रोल्पा – रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो।

जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमुना माविले डिजिटल हाजिरीको सुरुवात गरेको छ । यसै महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयको अपेक्षा छ । ‘शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुन्छन्’ विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले भने, ‘शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरी तथा कक्षा अनुगमनका लागि सिसी क्यामेराको व्यवस्था गरेका छौं । शिक्षक नियमित हुनेबित्तिकै विद्यालयको पठनपाठनमा धेरै सुधार हुन्छ।’

विद्यालयले मल्टिमिडियाको प्रयोगबाट उपल्ला कक्षा पढाउने कार्यको थालनी गरेको छ । ‘हाल कम्प्युटर कक्षा मल्टिमिडिया प्रयोग गरेर पढाउन सुरु गरेका छा्रैं,’ कम्प्युटर शिक्षक भुवन श्रेष्ठले भने । अब अन्य विषयलाई समेत मल्टिमिडियाबाट अध्यापन गराउने बताइएको छ।

जिल्लाका अन्य सामुदायिक विद्यालयले पनि प्रविधिलाई जोड दिन थालेका छन् । रोल्पा नगरपालिका–७ मा रहेको मावि कोटगाउँले समेत कक्षा अनुगमनका लागि सिसी क्यामेरा जडान गरेको छ । माथिल्ला कक्षामा सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयले जनाएको छ।

सुनिल स्मृति गाउँपालिका–४ नम्बर वडा कार्यालयले वडाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल थालेको वडाध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिए । वडाभित्र रहेका तीनवटै सामुदायिक विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए । विद्यालयमा शिक्षक १० बजेअघि नै उपस्थित हुनुपर्नेमा त्यसो नदेखिएकाले डिजिटल हाजिरीपछि शिक्षकको उपस्थिति समयमै हुन थालेको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले समेत गाउँपालिकाका पाँच विद्यालयमा डिजिटल हाजिरी व्यवस्था गरेको छ।

जिल्लामा शिक्षाको सार्थक परिणामका लागि स्थानीय सरकारले चासो देखाएका छन् । प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ । प्रशस्त मात्रामा आन्तरिक स्रोत भएका विद्यालय प्रविधिमैत्री हुन थाले पनि जिल्लाका अधिकांश विद्यालयलाई भने शिक्षक व्यवस्थापनमै हम्मेहम्मे परेको बताइन्छ । समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका त्यस्ता विद्यालयका लागि आधुनिक प्रविधिको प्रयोग आकाशको फलझै भएको छ।

राजनीतिक पहुँचका आधारमा भनसुन गरी स्रोत लिन सफल केही विद्यालय तथा स्थानीय सरकारले समेत सहयोग गरेकाबाहेक जिल्लामा ठूलो संख्याका विद्यालय आवश्यक शिक्षक, भौतिक पूर्वाधार व्यवस्थापनमै रुमल्लिनु परेको शिक्षा क्षेत्रका जानकार बताउँछन्।    (रासस)






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad