विमान कम्पनीद्वारा उडान नभर्ने चेतावनी

मङ्गलबार, ३० असोज २०७५, ०५ : ४९ एजेन्सी

जेरुसेलम – सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीले सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

एल अलका प्रमुख एली दापासले इजरायली राष्ट्रिय सुरक्षा परिषद्का उपप्रमुख र प्रधानमन्त्रीको कार्यालयका महानिर्देशकलाई जरुरी पत्र लेख्दै उक्त घोषणा गरेको इजरायली हिब्रु भाषामा प्रकाशन हुने येदिओथ आहरोनोथले उल्लेख गरेको छ।

‘विश्वभर रहेका हाम्रा कार्यालयमा सुरक्षा गार्डको व्यवस्थालाई निरन्तरता दिने कुरामा विदेश मन्त्रालयले कुनै चासो नदिएपछि सबै उडानहरू अवरूद्ध गर्ने निष्कर्षमा पुगेका छौं,’ दापासको पत्रमा लेखिएको छ।

विदेश मन्त्रालयका महानिर्देशकले उक्त कम्पनीलाई केही दिन पहिले एक पत्र लेख्दै मन्त्रालयले विदेशी विमानस्थलमा आगामी जनवरी १ देखि कुनै सुरक्षाकर्मीलाई नखटाउने जनाएको दापासले बताए । उनका अनुसार सुरक्षा कामदारका लागि नयाँ सहमति नभएको भन्दै विदेश मन्त्रालयले विमानस्थलमा सुरक्षा गार्ड उपलब्ध गराउन नसक्ने जनाएको थियो।

इजरायली विमान कम्पनी एल अल, अर्किया र इसराइरद्वारा उडान भर्ने देशमा रहेका विमानस्थलमा इजरायली सुरक्षाकर्मीले सम्बन्धित मुलुकको सुरक्षा अधिकारीको सहयोगीका रूपमा काम गर्दै आएका थिए । विमान कम्पनीहरुले लेखेको पत्रको बोधार्थ विदेश मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा यातायात मन्त्रीलाई दिइएको छ।

जटिल सुरक्षा प्रणालीमा गरिने कुनै पनि परिवर्तनका लागि धेरै निकायसँग विचारविमर्श गर्नु जरुरी रहेको र सरकारले झण्डै साढे दुई महिनाको समयमा उक्त निर्णय गर्न नसक्ने दापासले बताए । तर प्रधानमन्त्रीको कार्यालयले भने उक्त विषयलाई अर्थ मन्त्रालयको समन्वयपछि केही दिनमा समाधान निकाल्ने अपेक्षा गरिएको जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad