coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नारदमुनि गोल्डकप : डिसिटी र बारा ११ उपाधिका दावेदार

म्यान अफ द म्याच चौधरीलाई पुरस्कार प्रदान गर्दै चौनपा ३ का वडाध्यक्ष सन्तोष सुबेदी बलिदान ।

उदयपुर– उदयपुरमा जारी ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ को उपाधिका लागि डिसिटी सुनसरी र बारा ११ युथ क्लव बाराबीच प्रतिस्पर्धा हुने भएको छ। अघिल्लो दिनको सेमिफाईनल बिजेता डिसिटीले सोमबार सम्पन्न अन्तिम सेमीफाइनल विजेता बारा ११ सँग उपाधि लिन प्रतिस्पर्धा हुने भएको हो। 

बाराले ३–२ गोल अन्तरले गोर्खा ब्वाईज बुटबललाई उपाधिको दावेदारी कायम गरेको छ। पहिलो सेमीफाइनलमा जस्तै सोमबारको खेलमा पनि टाईब्रेकरबाटै बारा ११ उपाधिको दाबेदार बन्न सफल भएको हो। बाराको तर्फबाट ३ गोल भएपछि २ गोल गर्ने गोर्खा पराजित हुन पुगेको हो। निर्धारित ९० मिनटको खेल दुवैपक्षबाट १–१ गोल बराबरीमा टुंगिएपछि नतिजा निकाल्न टाईब्रकरमा प्रतिस्पर्धा गराउनु परेको थियो।

टाईब्रेकरमा बारा ११ का तर्फबाट चतुरध्वज चौधरी, अजय सिंह र विशाल खड्काले गोल गर्न सफल भएका थिए। त्यस्तै गोर्खाको तर्फबाट अफ्रिकन खेलाडी साहिद र बिबेक पौडेल गोल गर्न सफल भएका थिए। खेलको म्यान अफ दि म्याचको उपाधि बारा ११ कै चतुरध्वज चौधरी घोषित भए। उनलाई चौदण्डीगढी नगरपालिका ३ का वडाध्यक्ष सन्तोष सुबेदी (बलिदान) र क्लबका सल्लाहकार भिम बान्तवा राईले ट्रफि र प्रमाणपत्र प्रदान गरे।  

उदयपुरमा आयोजना हुँदै आएका ३ वटा गोल्डकपमध्ये नादमुनि गोल्डकप  गाउँमा हुँदै आएको प्रतियोगिता हो। सदरमुकाम त्रियुगा नगरपालिकामा उदयपुर गोल्डकप र पश्चिमी बजार कटारी नगरपालिकामा कटारी गोल्डकप आयोजना गरिँदै आएको छ। तर, नारदमुनि गोल्डकप भने चौदण्डीगढी नगरपालिका स्थापना हुनुअघि साविक बसाहा गाविस हुँदादेखि नै सुरु भएको सातौं संस्करण हो। 

नारदमुनि गोल्डकप विजेताले पुरस्कारस्वरुप ३ लाख नगद, ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले १ लाख ५० हजार नगद र प्रमाणपत्र पाउने आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए। प्रतियोगितामा २ विभागीयसहित ८ वटा समूहले भाग लिएको प्रतियोगिताको फाईनल खेल मंगलबार (३० गते) हुँदैछ।  

बसाहा क्लवले यो गोल्डकप प्रतियोगिता ००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा वर्षेनी आयोजना गर्दै आएको छ। प्रतियोगिता चौनपा ५ बसाहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा सञ्चालन गरिँदै आएको छ। 

प्रकाशित: २९ आश्विन २०७५ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App