दशैँमा प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रूटमा चल्छ ?

सोमबार, २९ असोज २०७५, १९ : ५३ नागरिक

काठमाडाैं- नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। 

नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन्। 

नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिने प्रहरीले जनाएको छ। त्यस्तै नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–शहीदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनःनक्सालसम्म पनि प्रहरीको बस चल्नेछन्। 

यसैगरी नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिङ्गेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्म प्रहरीका बसले सेवा दिनेछन्। 

प्रहरीको निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ। प्रहरीले गत वर्षपनि अष्टमी, नवमी र विजयादशमीको दिन काठमाडाैं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो। 






यसमा तपाईको मत

अन्य समाचार

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

Ncell Footer Ad