coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बेलकामा प्याराग्याइडिङ स्कुलको तयारी

धरान– बेलका नगरपालिका ८ स्थित वोप्ताङ डाँडाबाट साहसिक खेल पर्यटनमा पर्ने प्याराग्याइडिङको प्रशिक्षण केन्द्र(स्कुल) सञ्चालन हुने भएको छ।

बेलका नगरपालिका र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ एशोसिएशन(नेफा)को सहकार्यमा स्कुल सञ्चालन हुन लागेको हो। स्कुलको लागि धरानको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले प्राविधिकरुपमा सहयोग गरिरहेको छ। आउँदो नोभेम्बर पहिलो साताबाट औपचारिक स्कुल शुरुवात हुने प्रालिका अध्यक्ष लेखमणी जिमीले बताए। ‘बेलका नगरपालिकाले प्याराग्लाइडिङ स्कुलको लागि चासो दिएर ठुलो सहयोग गरेको छ, नोभेम्बरबाट कोर्ष नै शुरु हुन्छ,’ उनले भने। 

बेलकामा वोप्ताङ डाँडामा टेकअफ तयारी भइसकेको छ भने कोशी किनारको करिब २५ बिघा खाली जमिन ल्याण्डिङको लागि नगरपालिका र स्थानीय वन समुहले उपलब्ध गराइसकेको छ। यहाँ सोलो पाइलटको लागि कोर्ष हुनेछ। अहिलेसम्म पोखरामा र भर्खर स्याङ्जाको शिरकोटमा मात्र प्याराग्लाइडिङको स्कुल सञ्चानलमा छ। बेलकामा शुरु भए यो पुर्व एवं प्रदेश नं १ को लागि पहिलो स्कुल हुनेछ। ‘हाम्रो सम्भाव्यता अध्ययनको रिपोर्ट नेपाल उड्यान प्राधिकरण(क्यान)लाई दियौं, त्यहाँबाट मन्त्रालय पुग्यो, र भदौंमा स्वीकृति दियो,’ प्रालिका सचिव एवं पाइलट राम राईले भने, ‘अब एक पटक क्यान र सेफ्टी विभागबाट सम्भाव्यता र एरोनेटिक अवस्था हेर्न विज्ञ टोली आएपछि फाइनल हुन्छ।’ क्यानको विज्ञ टोली दशैंलगत्तै आएर स्थलगत अध्ययन गर्नेछ।

स्कुल सञ्चालन भएपछि पुर्वमा प्याराग्लाइडिङ पाइलटको अभाव पुर्ति हुनेछ। जसले पयाराग्लाइडिङको व्यावसायिक विकासमा टेवा पुग्नेछ। नेपालमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकोले प्याराग्लाइडिङ व्यावसायिकरुपमा शुरु हुदा युवाहरुले रोजगारी पाउनेछ। ‘चुरे, महाभारत रेञ्ज प्याराग्लाइडिङको लागि अति उत्तम ठाउँ हो, उड्न र ल्याण्डिङ यहाँ राम्रो हुन्छ,’ अध्यक्ष जिमिले भने, ‘यही स्कुल भएपछि पाइलट बन्न पोखरा गइरहनु पर्दैन, सस्तोमा नै कोर्ष हुन्छ।’

गत असार, साउनमा प्रालिले नै करिब एक महिनासम्म बेलका नगरपालिकासँगको सहकार्यमा युवाहरुलाई प्रि बेसिक कोर्षअन्र्तगत ग्राउण्ड ह्याण्डलिङ तालिम गराइसकेको थियो। ती युवाहरुले अब टेकअफबाट सहजै प्याराग्लाइडिङ गर्न सक्ने अध्यक्ष राईको भनाई छ। ‘उहाँहरु उड्नसक्ने भइसक्नुभएकोछ, अब बेसिक कोर्षबाट पक्का पाइलट बन्नुहुन्छ,’ उनले भने। 

प्रकाशित: २९ आश्विन २०७५ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App