७ वैशाख २०८१ शुक्रबार
समाज

जुम्लामा चङ्गा महोत्सव

जुम्ला – हिन्दु नेपालीहरूको महान पर्ब दसैं तिहारलाई मध्यनजर गर्दै जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको छ। वर्ष दिनमा एक पटक आउने यो पर्वमा जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको हो।

चङ्गा महोत्सवमा जुम्लाका केटाकेटी, किशोरकिशोरी र युवायुवतीले भाग लिएका हुन। बटुक भैरब निर्माण समिति, कर्णाली खेलकुद क्लब, कर्णाली नेटवर्क सर्भिस जुम्लाको सहयोग र काञ्जिरोवा टाईम्स पत्रिकाको आयोजनामा दसैंलाई रमाइलो बनाउनको लागि चङ्गा महोत्सवको आयोजना गरिएको हो।

कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटनको केन्द्र चन्दननाथ भैरबनाथ मन्दिरको छेउबाट चङ्गा उडाएर महोत्सवको शुरुवात गरिएको हो। महोत्सवमा भाग लिएर उत्कृष्ठ स्थान हासिल गर्नेलाई पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक काञ्जिरोवा टाईम्सका सम्पादक महेश नेपालीले जानकारी दिए। उनले भने,“सामान्य तथा दसैं तिहारमा पिङ खेल्ने र चङ्गा उडाउने गरिन्छ, घरमा एक्लै पिङ र चङ्गा त उडाइन्छ, तर सामुहिक रुपमा चङ्गा उडाएर मनोरञ्जन प्रदान गर्न यो महोत्सव निकै उत्तम मानिएको छ।”

चङ्गा महोत्सवमा झण्डै एक सय जनाले भाग लिएका छन्। चङ्गा महोत्सवको अवसरमा यहाँका स्थानीय सांस्कृतिक कार्यक्रम प्रस्तुत भइरहेका छन्।  कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाही चङ्गा महोत्सव खेलकुदको एउटा पक्ष भएकोले सबैलाई मनोरञ्जन गर्ने थलोको रुपमा यो महोत्सवलाई लिइएको बताउँछन। उनले भने्,“चङ्गा राम्रोसँग उडाउने र सबैभन्दा उच्च भागसम्म पुर्याउनेलाई पुरस्कृत गरिने छ।” महोत्सवमा चन्दननाथ नगरपालिका क्षेत्रभित्रकाले सहभागिता जनाएका छन्। 

प्रकाशित: २९ आश्विन २०७५ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App