६ वैशाख २०८१ बिहीबार
खेल

युइएफए नेशन्स लिगः इटालीले पोल्याण्डलाई हरायो

काठमाडौं – युइएफए नेशन्स लिगमा इटालीले पोल्याण्डलाई १–० गोलले पराजित गरेको छ। पोल्याण्डको घरेलु मैदानमा आइतबार राति भएको खेलमा इटालीले इन्जुरी समयमा गोल गरेको थियो। पहिलो हाफमा जर्जीन्हो र फेडेरीको चेइसाको प्रहार बारमा लाग्दा पाहुना टोली निराश भएको थियो।

पोल्याण्डका गोलकिपरले पहिलो हाफमा नै विपक्षीका शसक्त धेरै प्रहार बचाउ गरेका थिए। दोस्रो हाफमा पनि खेललाई नियन्त्रणमा लिएको इटालीले गोल गर्न भने इन्जुरी समय कुर्नुपरेको थियो। ४ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा क्रिष्टियानो बिराघीले केभिन लासांगाको पासलाई सदुपयोग गर्दै गोल गरेपछि इटालीले महत्वपूर्ण तीन अंक जोड्यो।

पछिल्ला ११ खेलमा इटालीको यो दोस्रो जित हो। नेशन्स लिगमा पोल्याण्डको भने यो लगातार दोस्रो हार हो। यसअघि उसले पोर्चुगलसँग हारेको थियो। लगातारको हारपछि नेशन्स लिगबाट रेलिगेशनमा परेको पोल्याण्डले अब लिग बिहीन खेल्ने छ। गत जुनमा लिथुआनीयालाई मैत्रीपूर्ण खेलमा हराएयता पोल्याण्ड जितविहीन छ। नेशन्स लिगकै अर्को खेलमा रसियाले टर्कीलाई २–० गोलले हराएको छ। 

 

प्रकाशित: २९ आश्विन २०७५ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App