७ वैशाख २०८१ शुक्रबार
खेल

ललितपुर महानगरले थ्री स्टार क्लबलाई ३२ लाख दिने

काठमाडौं–ललितपुर महानगरपालीकाले रुस्लान थ्री स्टार क्लबलाई २८ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको चार लाखका दरले २८ लाख क्लबलाई दिने निर्णय गरेको हो।

यस्तै महानगरले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई पनि आर्थिक सहयोग गर्ने भएको छ। महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक ४ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिए। योसँगै थ्री स्टारले यो वर्षमात्र महानगरबाट ३२ लाख रुपैयाँ पाउने छ।

त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक ३ लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक २ लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उनले जानकारी दिए। 

नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो। सोही प्रस्तावलाई महानगरको बोर्ड बैठकले पारित गरेको हो। त्यसैगरी जिल्लाका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जिते उपाधिपिच्छे थप ४ लाख महानगरले उपलब्ध गराउनेछ।

यसअघि काठमाडौं महानगरले जिल्लाका ६ वटा ए डिभिजन क्लबलाई वार्षिक १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ। 

प्रकाशित: २९ आश्विन २०७५ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App