coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आशा लघुवित्त वित्तीय संस्थाको साधारणसभा

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले शनिबार नुवाकोटको ककनीमा दोस्रो साधारणसभा गरेको छ।

सभामा संस्थाका अध्यक्ष निर्गुणप्रसाद भट्टचनले सञ्चालक समितिको प्रतिवेदन पेस गर्दै संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा गरेका कार्यक्रम तथा गतिविधि प्रस्तुत गरेका थिए।

संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा भएको साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरणहरु पारित गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा केजे एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App