coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दसैंको पहिरन

सहरबजार अनि गाँउतिर दसैंको रौनक बढिसकेको छ । काठमाडौंमा किनेमल गर्नेको भिड घटेको छैन। बिशेषतः बडा दशमीका दिन नयाँ लुगा लगाउने चलन छ । बालकदेखि पाकासम्म दसैंमा नयाँ पहिरनमा ठाँटिन्छन्। मान्छेको आ–आफ्नै रोजाई हुन्छ। अचेल मौसम र कार्यक्रम अनुसार फेसन गर्ने चलन छ । कतिपयलाई टीकामा कस्तो लुगा लगाउने भन्ने अन्योल हुन सक्छ। चाडको समयमा सहज हुने पोसाक मिलाएर लगाउन सके देख्दा राम्रो त हुन्छ नै ट्रेण्डी पनि देखिन्छ।

अचेल मौसम र कार्यक्रम अनुसार फेसन गर्ने चलन छ । कतिपयलाई टीकामा कस्तो लुगा लगाउने भन्ने अन्योल हुन सक्छ। चाडको समयमा सहज हुने पोसाक मिलाएर लगाउन सके देख्दा राम्रो त हुन्छ नै ट्रेण्डी पनि देखिन्छ।

साडी सेट
पहिरनले मान्छेलाई आकर्षक देखाउँछ । चाडका बेला आफुलाई पर्फेक्ट देखाउन सक्नु पनि एउटा कला हो । विवाहिताको पोसाकका रुपमा चिनिने साडी अचेल समारोह अनुसार सबै उमेरकाले लगाएको पाइन्छ । बिवाहितका लागि साडी सेट राम्रो विकल्प हुन सक्छ । मनमैंजु बस्ने अन्जना पाइजा मगरको घर बर्दिया हो तर, यसपालीको दसैं उनी काठमाडौंमै मनाउँदै छिन् । जमलमा सपिङ गर्दैगर्दा भेटिएकी उनले भनिन्,‘टीकाको दिन साडी लगाउनेछु ।’ हल्का रातो रङमा गोल्डेन बोर्डर भएको साडी किनेकी उनी भन्छिन्,‘दसैं जस्तो चाडमा एकसरो नयाँ लत्ता नकिने त दसैं नै आउदैन नि ।’ अन्य समयमा साडी लगाउने मौका नमिल्ने भएर नै चाडको बेला लगाउने गरेको बताइन्।  

पुल्चोकमा रहेको आरभ कलेक्सनकी सञ्चालिका अनिला श्रेष्ठ दसैं व्यापारमा व्यस्त छिन् । यसपाली बनारसी र जापानी साडी निकै चलेका छन्।

‘बनारसे साडी र जापानी साडी पार्टी वयरमा निकै रुचाइएको छ’  उनले भनिन् । दसैंको मौकामा विभिन्न किसिमका डिस्काउन्ट दिएकी उनी भन्छिन्, ‘अन्य समय भन्दा चाडपर्व, भोजमा प्रायः महिला साडी र कुर्ता लगाउन रुचाउँछन् ।’

कुर्ता सेट
अचेल बजारमा कुर्तीको फेसन निकै छ । कुर्तीलाई जिन्स पेन्ट, लेगिज, प्लाजो, पटेला सुरुवालमा मिलाएर लगाइन्छ । विवाहितदेखि अविवाहित युवतीको मनपर्ने ड्रेस बनेको छ कुर्ती । समय अनुसार ड्रेसअप गर्न रुचाउनेको जमातमा फेस्टिबल ड्रेसमा कुर्ती धेरैको रोजाइमा परेको व्यापारी बताँउछन् । फेसन पाटनको मंगलबजारमा कुर्ता किन्न व्यस्त थिइन् सोनी मालाकार । ललितपुर हृदय केन्द्रमा कार्यरत उनले दसैंका लागि लाइट एल्लो रंगको कुर्ता, सुरुवाल र सल किनिन्।

‘पोहोर दसैंमा वानपिस ड्रेस लगाएकि थिएँ, यसपाली भने कुर्ता लगाउन मन लाग्यो’ उनले भनिन् । पुजा, भोजलगायतका सांस्कृतिक समारोहमा कुर्ता लगाउन मन पराउने उनी बताउँछिन् । ‘चाडपर्वमा कुर्ता लगाउँदा सजिलो र समय अनुसारका फेसन हुने भएकाले कुर्ता लगाउने योजनामा छु’ उनले भनिन्।

फ्रक, लंग ड्रेस
साना नानीहरुका लागि दसैंका लागि भनेर बजारमा थरीथरीका फ्रक र लेहेगां आएका छन् । ‘समय अनुसार फेसन गर्नेमा बच्चाहरु पनि पर्छन्’ असनका व्यापारी मनोरले बताए । साना नानीका लुगाहरु धेरै फेसनेवल आउने उनले सुनाए। 

अन्जना पाइजाकी छोरी हुन् आरुषी पाइजा । उनी आमासँगै उभिएर आफुलाई मनपर्ने रंग्को फ्रक रोज्दैथिइन् । आरुषी पोहोर सालग्रन्ज जिन्स र क्रप टिर्सट लगाएकी यसपाली भने गुलाबी फ्रकमा सजिने योजनामा छिन् । आरुषी ५ बर्षकी मात्र भइन् तर उनी आफुले लगाउने लुगा आफैं रोज्छिन्  । यसपाली उनलाई फ्रक लगाउन मन छ । उनले गुलाबी रंगको फ्रक रोजिन।

किनमेलमा व्यस्त अन्जनाले आफुलाई मात्र किनमेल गरिनन् उनले परिवारको रुचिअनुसार सबैलाई केहि न केहि किनिदिइन्।

दसैं सपिङका लागि काठमाडौंका पसल भरिभराउ देखिन्छ । अध्ययन, रोजगारीका लागि होस् या व्यवसाय गर्न काठमाडौं बसेका अधिकांश मानिस गाउँ फर्किसके । कतिले किनमेल सकिसके भने कतिले गर्दैछन् । 
यसै पनि मानिसले भरिभराउ हुने काठमाडौंको बजारमा दसैंका बेला झन चाप देखिन्छ । फुटपाथका पसलदेखि मलसम्ममा रमझम छ यतिवेला।

कोटेश्वर बस्ने रोमहर्ष वलीले दसैं किनमेल गरिसके । उनले यसपालीका लागि ग्रन्जब्ल्यु जिन्स्, लाइट ग्रे रंगको टिसर्ट किनेका छन्  । प्रायः किनमेल नगर्ने रोमहर्षले आवश्यक सबै सामान दसैंको मौकामा किनेको बताए ।

‘म प्रायः किनमेलमा त्यति समय बिताउन्न, वर्षमा २–३ पटक मात्र किनमेल गर्छु’ उनले भने । उनले दाजुका छोरा र छोरीका लागि समेत किनमेल गरेका छन्।

दसैंको अवसरमा लुगा मात्र नभएर जुत्ता र घडी पनि किनेका छन् । उनी भन्छन्,‘दसैंको समयमा लुगा किन्ने रमाउने त सानो उमेरमै हो अहिले त आफुलाई चाहिएको सामान किन्ने मात्र हो ।’

कोट, लंगकुर्ती र जिन्स
कुर्तीको फेसन महिलालाई मात्र नभएर पुरुषको पनि मनपर्ने ड्रेस बनेको छ । कुर्ती, हाफ कोट अनि जिन्समा साँच्चै हयाण्डसम देखाउँछ । दसैंमा नयाँ लुक्समा देखिन चाहने युवाका लागि हाफ कोट, लंगकुर्ती र जिन्स प्यान्ट राम्रो विकल्प हुन सक्छ । ओखलढुंगाका रमेश ढुंगेलले दसैंलाई भनेर हाफ कोट, नीलो रंगको कुर्ती अनि जिन्स प्यान्ट किनिसके।

‘सधैं एकैनासे देखिने लुगा लगाउँदा वाक्क भएर नयाँ ट्राई गर्न लागेको हुँ’, उनले भने।

 

प्रकाशित: २९ आश्विन २०७५ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App