coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्कुललाई हिमालयन बैंकको कम्प्युटर

काठमाडौं – हिमालयन बैंक लिमिटेडले सामुदायिक विद्यालयलाई सहयोगस्वरुप कम्प्युटर प्रदान गरेको छ। बैंकको २५औं वार्षिकोत्सवको अवसरमा कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान, सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो, ललितपुर) लाई १२ थान, जनजागृति आधारभूत विद्यालय (खोल्माटोल, निजगढ) लाई पाँच थान र महेन्द्रोदय माध्यमिक विद्यालय (भीमेश्वर, दोलखा) लाई १० थान कम्प्युटर प्रदान गरेको छ।

त्यहाँ अध्ययनरत विद्यार्थीलाई सर्वसुलभ तथा गुणस्तरीय कम्प्युटर शिक्षा हासित गर्न सहयोग पु-याउने उद्देश्यले कम्प्युटर प्रदान गरेको बैंकले जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App