८ वैशाख २०८१ शनिबार
समाज

हयाप्पी दसैं !

नेपाली चाडपर्व उस्तै छन् तर मनाउने शैली बदलिएको छ । चाडपर्व आफ्नै  रफ्तारमा आएका छन् तर प्रविधिले मानव जीवनमै उथलपुथल ल्याएको छ । दसैं  तथा नयाँ वर्षमा भेटेर, पोष्टकार्ड तथा फुलको गुच्छा साटासाट गर्ने चलनमा पनि सूचनाप्रविधिले परिवर्तन ल्याएको छ।

परिर्वतन कति छिट्टै आयो ! भेट्ने, गला जोड्ने, पोष्टकार्ड र फूलको गुच्छा दिएर आत्मियता साट्नेहरु घट्दै छन् । फेसबुक ,ट्विटर, इमो, भाइबर, इन्स्ट्राग्राम, ह्वाट्स एप्प, युटुव लगायतका सामाजिक सञ्जालका भित्ताहरुमा शुभकामना साट्ने प्रचलनले व्यापकता पाएको छ।

भेटेरै शुभकामना साटासाट गर्ने चलन त पुरानो भइसक्यो । त्यही चलन पछ्याउनेहरु पनि नयाँ प्रविधिलाई आत्मसात गरिसके । हातहातमा मोवाइल हुनेले एसएमएस, एमएमएस मार्फत मनपर्ने साथी तथा परिवारजनमा शुभकामना आदानप्रदान गर्ने चलन पुरानो भइसक्यो । कलाकार हरिबंश आचार्यले आफ्नो फेसबुक वालमा ‘दशैँ सुरु भयो अब हाम्रो दशैं टेलिफिल्म हेरेर रमाइलो गर्नुहोस्’ भनेर टेलिफिल्मको भिडियो सेयर गरेका छन्।

इन्टरनेटको पहुँच भएकाहरुले सामाजिक सञ्जाललाई नै शुभकामना आदानप्रदान गर्ने माध्यम बनाउनु नौलो रहेन अब । इन्टरनेटमा झुम्नेहरु त सामजिक सञ्जाललाई भरपुर प्रयोग गर्दै आएका छन् । नेपालीको घरदैलोमा आएको बडा दसैं सुरु भएको  पाँच दिन भइसक्यो । तर, दसैंका शुभकामना रुपी स्टाट्सले फेसबुक प्रयोगकर्ताको वाल र म्यासेजबक्स भरिसक्यो। अझै दसैंको टीका लगाउने दिन अगावै भएपनि शुभकामना दिनेको ओइरो लाइसक्यो। 

कोटेश्वरका नविन कोइराला साथीहरुलाई मालश्री धुन भएको अडियो तथा भिडियो सेयर गर्दै आइरहेको बताउँछन् । ‘बच्चा हुँदा हिरोहिरोइनको पोष्टकार्ड दिएर शुभकामना आदानप्रदान गरिन्थ्यो,’ उनले भने, ‘अहिले त जमाना फेरिसक्यो। अहिले पोष्टकार्ड दिनै चलन त सकिसक्यो । अहिले फेसबुक, इमो, भाइवर, टविट्रबाटै शुभकामना साटासाट गरिन्छ।’ 

इन्टरनेटको पहुँच भएकाहरुले सामाजिक सञ्जाल नै शुभकामना आदानप्रदान गर्ने माध्यम बनेको छ अचेल । 

फेसबुक प्रयोगकर्ता गीता सुर्यबंशीले सामाजिक सञ्जालमा अत्यधिक मात्रामा शुभकामना सन्देश आएर व्यंग्य गर्दै स्टाटस पोष्ट गरेकी छन् । ‘दसैंको शुभकामना दिने मित्रहरु सबैले दसैं सपिंग नि गरिदिए सुनमा सुगन्ध हुन्थ्यो कि !’ उनले आफ्नो फेसबुक वालमा स्टाटस  लेखेर शुभकामना दिनेप्रति व्यंग्य गरेकी छन्।

समाजशास्त्री तथा प्राध्यापक डा. विश्वकल्याण पराजुलीकै भाषामा ‘सामाजिक सञ्जालबाटै साथीभाई तथा आफन्तहरुबीच सम्बन्ध बिस्तार र आत्मिता बढाउन सजिलो भएको बताउँछन्। ‘पहिला–पहिला पोष्टकार्ड मार्फत चाडपर्वको शुभकामना दिइन्थ्यो,’ उनले भने, ‘अहिले शुभकामना आदानप्रदान मात्रै होइन्, मनाउने शैली समेत फेरिएको छ ।’ उनका अनुसार विदेशमा रहेका छोराछोरीलाई भिडियोकल मार्फत समेत टीकाजमरा लगाइदिने परम्परा भइसक्यो।

‘समाज बग्ने खोला जस्तै हो । खोला जस्तै भएकाले स्थिर हुदैँन ।’ उनले थपे, ‘नेपाली समाजको पुरै रुपान्तरण होइन्, सूचना प्रविधिसँग भिजेकाहरुले मात्रै प्रयोगमा ल्याएका हुन्।’ नेपालमा इन्टरनेटको पहुँच भएकाले यसको राम्रैसँग फाइदा लिइरहेको उनको बुझाइ छ । नेपालमा सामाजिक सञ्जाल फेसबुक, ट्विट्र, इमो, भाइबर, इन्स्ट्राग्राम, ह्वाट्स एप्प, युटुभ लगायतका सोसल वेवसाइटले गर्दा प्रयोगकर्ता मात्र करिव एक करोड नाघिसकेको छ।

इन्टरनेट वल्र्ड स्टेटले सन् २०१७ सालमा तयार पारेको तथ्यांक अनुसार नेपालमा ८७ लाख अर्थात कूल जनसख्याको २९.४ प्रतिशत फेसबुक प्रयोगकर्ता थिए ।  फेसबुकका अनुसार ३८ प्रतिशत महिला कुल प्रयोगकर्ता मध्ये ३८ प्रतिशत १८–२४ वर्षका र ४५ प्रतिशत २५–३४ उमेर समूहका छन् । इन्टरनेट पहुँच बढेसँगै सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका हुन्। नेपालमा सवैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल फेसबुक नै हो ।

प्रकाशित: २९ आश्विन २०७५ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App