झिंंपोचिन धाक्पो (पानीदाताको वंश)

सोमबार, २९ असोज २०७५, ०९ : ४५ राम ओमथिन थकाली

25


उहिले उहिले हालको मुस्ताङमा म्हच्र्याङक्यु (चोखोपानी) भनिने गाउँ–बस्ती थियो । गाउँलेहरू खेतीपाती गरेर बसेका थिए । खेतीपातीबाटै उनीहरू गुजारा चलाउँदै आएका थिए । त्यस बखत खेतीपाती सप्रियोस् भनेर थो (बलि) चढाउने प्रचलन थियो । भूमि देवीलाई खुसी पार्नका लागि थोको परम्परा भएको पाइन्छ।

जब गाउँलेहरूले पहिलो पटक वनचरीको बलि दिए, तब बालीनाली सप्रिएको किंवदन्ती छ । यो किंवदन्ती तिब्बती लिपिमा पनि लिपिबद्ध छ । बलि चढाउनका निम्ति आफ्नो मौलिक परम्पराअनुसार एक घरका तीन दाजुभाइ आफूहरू नुहाइधुवाइ गरी पवित्र भए । यसपश्चात् वनचरीलाई बलि दिए । बलिको प्रभावले बाली उत्पादन बढ्यो भनियो । बाली बढेपछि उनीहरूमा खुसीको सीमै रहेन । आफ्नो मुख्य पेसामा टेवा पुगेपछि उनीहरूले बलिलाई निरन्तरता दिने नै भए।

वनचरीबाट सुरु भएको बलि दिने क्रम क्रमशः परेवा, कुखुरा, बोका, भेँडा र याकसम्म विस्तारित भयो । उनीहरू के निष्कर्षमा पुगेका थिए भन्दा जति जति बढी मूल्यवान् पशुपन्छीको बलि चढायो, बालीनाली उतिउति नै सप्रियो त । उसो भए बलि दिनलाई सबैभन्दा मूल्यवान् के होला त ? सोच्दै जाँदा उनीहरू घोडामा पुगेर अडिए । फैसला भयो, बढी महँगो त घोडा नै हो।

तर एउटा फसाद आइलाग्यो । घोडा बलि दिएपछि देवी रिसाउने गरेको अनुभव सम्झे । उनीहरूको म्हच्र्याङक्यु गाउँमा पूरै मानव बस्तीको अस्तित्व सखाप हुने गरी बाढी पहिरोले क्षति पु-याएको थियो । यो किंवदन्ती मात्रै होइन भन्ने कुरा यसबाट पनि प्रमाणित हुन्छ, जब त्यहाँ विद्युत् गृह निर्माण गर्ने क्रममा माटाका, काठका भाँडाकुँडाहरू भेटियो । ती अहिले छाउनी संग्रहालयमा संगृहीत छन्।

प्राकृतिक प्रकोपका कारण दाजुभाइहरूको जीविकोपार्जनमा समस्या भयो । घरवारविहीन भएपछि जीवन बिताउन कठिन समस्या झेल्नुप¥यो । आफ्नो जीवन बचाउन उनीहरू आफ्नो परम्परागत शैलीमा धनुकाँड लिई फची लेकतिर सिकार खेल्न गए । सिकारको क्रममा एउटा मृग मार्न सफल भए । मारेर त्यसलाई घर ल्याइयो । कालिगण्डकीको किनारमा राखी मृगको आन्द्राभुँडी सफा गर्ने क्रममा अकस्मात् आकाशबाट चिल आई चुच्चोमा आन्द्रभुँडी झुन्ड्याउँदै उड्यो । त्यसलाई पिछा गर्न कान्छा भाइ (घ्यल्पुन्हरी) पछिपछि लागे । अन्तमा सो आन्द्रा फर्काएर उनले ल्याउन सकेनन् । यता दाजुहरू भाइले आन्द्रा फर्काएर ल्याउला भन्ने पर्खाइमा थिए । उनीहरू भोकले हैरान पनि भएका थिए । उनीहरू आफ्नो भाग खाई भाइको भाग कलेजो, मिर्गौला र मुटु झिसिन (सिन्को) मा घोचेर राखे । भाइ फर्की आएको देख्दा उसलाई मानसिक आघात पुग्यो । अनि भन्यो भाइले, “म नआउन्जेलसम्म पर्खनु त कता हो कता, मलाई यसरी हेला गर्ने ?” झगडा भयो । त्यसपछि दाजुहरू अज्ञात स्थलतर्फ लागे । भोक लाग्दाको क्षण स्मरणमा झिसिनफोपे नाम रहन गएको हो कि भन्ने बुझाइ छ । यसरी विरक्तिएर दाजुहरूबाट विछोड हुँदा घरपझोङतिर प्रस्थान गरे।

त्यस समयमा उता सुम्पो घरपझोङमा राजा घ्यलधाङभोचेनले राज्य चलाएर बसेका थिए । घ्यल्पुन्हारी ओमाङथिनको बाटो हुँदै मुरघ्युङफु (नीलगिरीको काख) मा बस्ने निर्णय ग-यो । किनकि उनलाई अरू ठाउँमा अनुकूल जमिन थिएन । यसरी मुरघ्युङ फु (पानीको मूल) मा बस्न पुगे । ओमाङ र लुङमोमा तितेफापर, आलु र मले (सलगम) आकाशे वर्षाको भरमा कठिन खेतीपाती गरी बसेका थिए । ओमघ्युङ र ओमाङको सेरोफेरोमा जमिन र जंगलको बीच साइनो गाँस्दै पुस्ता पुस्तासम्म जीवनका कालखण्डहरू बिताएका थिए । ओमाङ स्थानमा नै जीवन बाँच्ने आदिम कर्म थलो रहेकाले गोत्र नै ओमथिन रहन गएको बुझिन्छ।

संयोग एकदिन बिहान मुरघ्युङ फूमा बिहान धुवाँ आएको, बेलुका आगो बालेको, घ्यालधाङभोचेनले देखेर आफ्ना दूतहरूलाई भने, “यहाँ हामीबाहेक अरु कोही पनि हुन सक्दैन ।” त्यहाँ आफ्ना दूत पठाएर सम्पूर्ण वस्तुस्थिति बुझेर आउनू भनी हुकुम दियो । ती दूतहरू राजाको आदेशअनुसार त्यहाँ पुगी आ–आफ्नो परिचय गर्ने क्रममा हामीलाई राजा घ्यलधाङभोचेनले पठाएको हो, तपाईं को हो ? भनी सोध्दा ती भाइले आफ्नो परिचयमा मेरो नाम घ्यल्पुन्हरी हो भनेर सुनाए।

बिहान भेट्ने बेला घ्यल्पुन्हरीले सर्किह्योपा (सुनको ढेँडो) युकिपाक (धुलोसागको तिहुन) र भुम्हर्पोचि स्हते (रातो खुर्सानी) को साथ ङ्हुते ङ्हुते स्हधु असिनपसिन भई खाएको देख्यो । ती दूतहरूलाई रोएर खाएको भ्रम प¥यो । दूतहरूले भने, “तपाईंलाई यहाँ बस्ने अनुमति छैन।”

“तिनीहरू जमिनको अधिकार जमाउँछौ भने म पनि यो पानीको मूल छेक्ने दाबी गरी यहाँबाट एक थोपा पानी पनि छोडिनेछैन ।” “म यो (मुरघ्युङफू) मूलमा बाँध बाँधी पानी थुनिदिन्छु” भनेर ती दूतहरूलाई बताए । उनीहरू फर्की सबै कुरा आफ्ना राजालाई सम्पूर्ण सुनाए । राजाले अचम्म माने । म यहाँ बसी एकथोपा पानी नपाए घट्ट कसरी चलाउने ? सिँचाइ कसरी गर्ने ? के पिउने ? यो जमिनको के महत्व रह्यो भन्ने सोची फेरि ती दूतहरूलाई बोलाउन पठाए । वार्तास्थल चोघाङ चयन गरिए । घ्यल्पुन्हरी लिएर चोघाङ आउने र घ्यलदाङभोचेन राजा पनि त्यही वार्ता स्थलमा भेट्ने निर्णय गरियो । उक्त स्थानमा एकआपसमा भेटी कुराकानीपछि दुवै जना सहमति र सहकार्यको अभ्यास अनुसरण गरी दुवै जना सम्धीको नातामा गाँसिने सम्झौता भयो । जसअनुसार घ्यल्पुन्हरीका पुत्री घ्यलधाङभोचेनका पुत्रसँग वैवाहिक सम्बन्ध कायम गराउने सहमति भयो । यसरी जमिन–पानीबीच सुमधुर सम्बन्ध कायम भयो।

फलस्वरूप जमिनले पानीको उपभोग गर्न पाउने र पानी दाताले पनि जमिनको अधिकार प्राप्त गर्न पाउने भए । ठीक त्यस वार्तास्थल चोघाङमा नामुद पुजारी (घैलुङ) ले घाङलान्हिमा शेर (पूर्वबाट घाम उदाउनु) ङ्ह तोर्मो स्हिन्पो (पूजा सम्पन्न हुनु) अमा घैमो स्होङगाङपो (काठको गाग्रीमा पानी बोकी आउनु) यी तीन कार्य संयोग एकै समयमा भएको शुभ साइत भयो भनी घैलुङले “तेम्टल ह्याक्पो झ्यूँस्यो अमा घैमोल भू.चि किपरस्यो भु.म्हिन्ला झ्यल्हुरी हिं” भनी आशीर्वाद दिएका थिए । उमेर ढल्केको रानीमा पुनः पुत्र जन्मिनुको आशीर्वादले मनमा खुलदुली पैदा भई राजालाई सुनाउन आतुर थिए । पुत्र जन्मनेछ भन्ने सन्देश राजालाई सुनाए । राजा रानीबीच केही संवाद चल्यो । खै त ? घैलुङ कहाँ गयो भन्दा उनी घोडामा सवार भई हालको ठिनी गाउँतर्फ गयो । राजा चोघाङको छेउबाट हेर्दा छ्योतिन भगालको मोडबाट प्रवेश गरी त ए पे (घोडाको पुच्छर भाग) मात्र देखाप-यो । त्यसकारण उक्त स्थानको नामकरण पनि ‘त ए पे’बाट अपभ्रंश भई हाल ठिनीमा त्यो तेप टोल हुन गएको छ । अन्तरालमा रानीको कोखबाट साँच्चै पुत्रलाभ भएका थिए।

लामा घैलुङ अनुसार नामकरण गरी झ्यल्हुरी नाम रहन गयो । झ्यल्हुरीबाट दुई छोरा न्हँम्घा धोर्चे र घैलुङ धोर्चे पैदा भएका थिए । तसर्थ दाजु न्हँम्घा धोर्चे आर्थिक रूपमा प्रबल थिए भने भाइघैलुङ धोर्चे तिब्बती भाषा, कला, व्याकरणमा चतुर थिए । दाजुको आर्थिक सहयोगले हाम्रो झीसिन फोपेको  हिमपुस्तकहरू, घ्यतोम्वा र सरसुम पुस्तकहरूका केही पृष्ठहरूमा सुन र चाँदीको जलपले लिपिबद्ध गरी अद्यावधिक गरिएको देख्न सकिन्छ । स्मृतिमा उहाँहरूको ठिनी कुछपतेरङा गुम्बाको ठूलो म्हाने रहेको कोठामा “कु” (प्रतिमा) स्थापित छ।







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...