फुटपाथमा मौसमी व्यापारी

सोमबार, २९ असोज २०७५, ०९ : ४५ खिलक बुढाथोकी  | @KhilakB

9


जोरपाटीका रामु खड्का विद्यार्थी हुन् । १२ कक्षामा पढ्ने खड्काको दसैं सुरु भएसँगै परिचय बदलिएको छ । अहिले उनी विद्यार्थीबाट व्यापारी बनेका छन् । कोठा नजिकैको फुटपाथमा कपडा बेच्ने काम गर्छन् । उनको यो स्थायी पेसा होइन्, दसैंले ल्याएको मौसमी पेसा।

दसैं सुरु भएसँगै सडकको फुटपाथ छिरिसक्नु छैन् । रामु जस्तै मौसमी व्यापार गर्ने व्यवसायीले फुटपाथ ओगटेका छन् । त्यही फुटपाथमा लागेको ग्राहकको चापले सहरका सडकमा दसैंको रौनक देखिन्छ । फुटपाथमा मौसमी व्यापार गर्ने व्यवसायी हुन् वा दसैंका बेला फुटपाथमा खरिद गर्ने खरिदकर्ता, एउटा पक्ष व्यापार गरेर कमाउन पाएकोमा खुसी छ । अर्को पक्ष सस्तोमा सामान पाएकोमा मख्ख।

शनिबार अपरान्ह जोरपाटीको फुटपाथमा शर्मिला अधिकारी कपडा छान्दै थिइन् । ‘सटरमा गयो भने सुनि नसक्नुको धेरै मुल्य भन्छन्,’ उनले भनिन्, ‘फुटपाथमा भने मिलाएर सामान दिन्छन् ।’ उनका अनुसार सटरमा व्यवसाय गर्नेले बढी कमाउने भन्दै दसैंमा मौका छोप्छन् । तर, फुटपाथमा मौसमी व्यापार गर्ने व्यवसायी भने केही प्रतिशत मात्रै नाफा राखेर सामान बेच्ने उनको अनुमान छ। 

फुटपाथमा दसैंका बेला हुने मौसमी व्यापारले भने सामान्य वर्गका ग्राहकलाई धेरै राहत दिएको छ । अरु पसलमा किनमेल गर्दा सटरको भाडा समेत जोडिन्छ । त्यसैले ग्राहकलाई मंहगो लागेको हुन सक्ने सुन्धाराका एक पसले सौन्जय रौनियार बताउँछन् । ‘दसैं भनेर हामीले मंहगो लिएका होइनौं,’ उनले भने, ‘हामी ब्रान्डेड सामग्री बेच्छौं, त्यसमा हाम्रो विभिन्न सेवा सुल्क पनि जोडिन्छ।’

दसैं हुनेखाने र हुँदा खाने दुबै वर्गका लागि उत्तिकै महत्व हुने बताउँछन् संस्कृतिविद्ध ओम धौभडेल । उनका अनुसार हुनेखाने भन्दा पनि हुँदा खानेका लागि बढी महत्व राख्छ दसैंले । दसैं जसरी खर्चिलो छ, त्यसरी कमाउनेको अवसर पनि रहेको उनले बताए। ‘दसैं पर्व कमाउने र खर्च गर्ने दुबैको संवेग हो,’ उनले भने। 

बालकृष्ण कार्की गाडामा तरकारी बेच्थे । हिजोआज भने गाडाभरी कपडा हालेर फुटपाथमा डुलाउन थालेका छन् । कपडा, जुत्ता, ब्याग लगायत  सामग्री बेच्दै आएको उनले बताए।

‘दसैंमा कपडाको व्यापार गर्दा फाइदा देखेर यता आएको हो,’ उनले भने, ‘थोरै नाफा राखेर बेच्दा हामी पनि खुसी, ग्राहक पनि खुसी।’ 

फुटपाथमा व्यापारी र ग्राहकले लपक्कै भए पनि सटरका व्यवसाय भने सुख छैन । सटरयुक्त पसलमा पनि ग्राहकको भिड उत्तिकै छ।

‘वर्ग अनुसार ग्राहक बाँडिन्छन्’, संस्कृतिविद् धौभडेल भन्छन्, ‘साँच्चै भन्ने हो भने दसैं खरिदारीको मौसम हो ।’ उनका अनुसार दसैंले बच्चादेखि बृद्धसम्मलाई सामान खरिद गर्न मन जगाउँछ ।

 

किनमेलको चटारो
-श्याम राई
‘दाई मेरो कत्ति भयो छिटो हिसाब गर्दिनुस न ! उभिएको एक  घण्टा हुन लागि सक्यो, भिडले बस्नै सकिएन’, यसरी भुत्भुत्याउँदै थिइन् कीर्तिपुरकी माया लामा। उनी दसैंको सपिङ गर्न विहानै छोराछोरीलाई लिएर भृकुटीण्डप बजार आएकी थिइन् । तर, भिडभाडले गर्दा सपिङ गर्नलाई एक दिनै लाग्यो उनलाई। भिडभाडले सास्ती खेप्नु परेको उनले सुनाइन् । ‘दसैं नजिकिँदै छ, जताततै सपिङको चटारो छ,’ उनले सुनाइन्, ‘भिडभाडले भृकुटीमण्डपबाट बाहिर निस्कनै सकिएको छैन।’ 

उनी हरेक वर्ष दसैं र तिहारका लागि भृकुटीमण्डपमा सपिङ गर्न आउँछिन् । उनी परिवारका लागि त्यही बजारबाट किनमेल गर्छिन् । हरेक वर्ष जब दसैं नजिकिन्छ, त्यस ठाउँमा भिडभाडका कारण सपिङ गर्ने सक्दैनन् । यो वर्ष पनि उनलाई त्यस्तै भयो । उनले छोराका लागि मात्रै किनेमल गर्न भ्याइन्। 

त्यस्तै सिनामंगलका दिपक थलाल सपिङ गरिरहेका बेला न्युरोडको एक पसलमा भेटिए । भिडभाडमा उनी पालो कुरेर लुगा छान्दै थिए । ‘दसैं आयो त्यसैले सपिङका लागि साथीलाई लिएर न्युरोड आइयो,’ उनले भने ‘जताततै सपिङको चटारो छ, एउटा लुगा किन्न आधा घण्टा भन्दा बढी समय लाग्यो।’ 

दसैं नजिकिएसँगै शपिङ गर्ने मान्छेहरुको घुईंचो बढेकाले शपिङ गर्न गाह्रो भईरहेको बताए । उनी सपिङ गर्न साथीसँग न्यूरोड आएका थिए । तर भिडभाडले गर्दा पालो कुर्नु पर्यो । ‘दसैं आयो जतिसुकै भिडभाड भए पनि किनमेल त गर्ने पर्यो,’ उनका एक साथीले हँसिलो मुहारमा थपे । थलालले दसैंका लागि ५ हजार भन्दा बढीको शपिङ गरेका छन् । उनका अनुसार लुगा र पूजाका सामान किनिसकेका छन् । दसैंका लागि अझै सपिङ गर्न बाँकी रहेको उनी बताउँछन् । दसैं शपिङका लागि न्युरोड आएको चाबहिलकी रमिला तामाङले बताइन्।

‘दसैंका बेला नयाँ लुगाहरु लगाउनु पर्छ, बालबच्चाहरुले पनि नयाँ लुगा खोज्छन,’ उनले भनिन ‘भिडभाडले गर्दा सपिङ गर्न एक दिन नै लाग्यो ।’ उनी विहानको खाना खाए पछि न्युरोडमा सपिङ गर्न आएकी थिइन् । पसलमा घुइँचो भएपछि उनलाई एक दिन नै लाग्यो । दसैं लुगाका लागि मात्रै करिब १० हजार रुपैयाँको सपिङ गरिसकेको बताइन् । 
चाडवाडको मुखमा मुल्यबृद्धि भए पछि सपिङ गर्न गाह्रो भएको गुनासोे गरिन् । उनले घरपरिवारका लागि सपिङ गर्न बाँकी छ । बाहिर भिडभाडले शपिङ गर्न नसकेपछि आफु बसेको नजिकै बाँकी सपिङ गर्ने उनको सोच छ । उनले बताए अनुसार नेपालीको महान चाड दसैं, तिहार नजिकिँदै छ। 

अहिले जुनसुकै पसलमा मान्छेको भिडभाड देखिन्छ । सबै ग्राहकका  हातमा लुगाको झोला देखिन्छ । जताततै समानहरुको मुल्य बार्गेनिङ गरेको सुनिन्छ । सपिङ गर्ने ग्राहक बढेसँगै बाटोमा सर्वसाधारण हिँडडुल गर्न समेत कठिन परेको उनले सुनाइन् । 

जब दसैं र तिहार नजिकिँदै जान्छ त्यसबेला ग्राहकको भिडभाड बढ्ने गरेकाले खाजा खान समेत नपाएको न्युरोडका एक पसलेले बताए । ‘दसैं नजिकिएसँगै बिहानदेखि पसलमा मान्छे टुटेकै छैनन्, बल्ल श्रीमतीलाई राखेर खाजा खान गएँ,’ उनले नागरिकसँग भने, ‘मेरोमा मात्र होइन सबैको पसलमा भिडभाड देख्छु ।’ चाडबाड नहुँदा उनलाई सटर भाडा समेत तिर्न समेत धौ धौ हुन्थ्यो । अहिले उनको पसलमा मान्छे टुटेका छैनन् । मज्जाले उनको पसल चलेको छ। 

 








यसमा तपाईको मत

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...