८ वैशाख २०८१ शनिबार
खेल

हाजार्डको चाहना रियाल

लन्डन - चेल्सीका स्ट्राइकर इडेन हाजार्डले स्पेनिस ला लिगा क्लब रियाल मड्रिडमा खेल्ने बाल्यकालदेखिको चाहना भएको खुलासा गरेसँगै चेल्सीसँगको भविष्य दुबिधामा परेको छ।

इङ्लिस प्रिमियर लिगमा चेल्सीले अपराजित यात्रालाई कायम राख्दा हाजार्डले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।माउरिसियो सारीले प्रशिक्षण गरेको टोलीका लागि हाजार्डले नयाँ सिजनका खेलमा ८ गोल गर्दा उनको टोली प्रिमियर लिगको अंकालिकामा दोस्रो स्थानमा रहेको छ । ८ खेलबाट ६ मा जित र दुईमा बराबरी खेलेको चेल्सीको अंकतालिकामा २० अंक रहेको छ । समान २० अंक रहेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा लिभरपुल समान २० अंकका साथ गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ।

हाजार्डको कप्तानीमा रहेको बेल्जियम रूसमा सम्पन्न विश्वकमा तेस्रो बनेको थियो । तर स्पेनिस क्लब रियाल मड्रिड गन्तव्य राखेका उनलाई चेल्सीले अनुमति नदिँदा नयाँ सिजनमा उनको इच्छा पूरा हुन नसकेको हो। ‘विश्वकपपछि मैले क्लब परिवर्तन गर्ने सोच बनाएको थिएँ, किनभने मैले विश्वकप खेलिसकेको थिएँ,’ आइतबार सम्पन्न साउथह्याम्पटन विरुद्ध ३–० को जित पछि हाजार्डले भने, ‘मैले खेलमा राम्रो प्रदर्शन गरेको छु। सबै अवस्थामा मैले टोलीका लागि उत्कृष्ट खेल्दै आएको छु।’

‘रियाल मड्रिड विश्वको उत्कृष्ट क्लब हो । आज म झुट बोल्न चाहन्नँ, बाल्यकालदेखि नै रियाल मड्रिडबाट खेल्ने मेरो चाहना थियो, रियाल मड्रिड मेरो ड्रिम क्लब हो,’ हाजार्डले थपे

‘रियाल मड्रिड विश्वको उत्कृष्ट क्लब हो । आज म झुट बोल्न चाहन्नँ, बाल्यकालदेखि नै रियाल मड्रिडबाट खेल्ने मेरो चाहना थियो, रियाल मड्रिड मेरो ड्रिम क्लब हो,’ हाजार्डले थपे, ‘हामीले पर्खिरहेका छौं। दिनदिनै यो कुरा उठाउनु राम्रो पनि होइन । यसबारे कुरा उठाउन समय पनि छैन । छिट्टै भविष्यबारे निर्णय गर्नुपर्नेछ।’

क्रिस्टियानो रोनाल्डो रियाल मड्रिडबाट इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्स अनुबन्धित भएपछि हाजार्डलाई क्लबमा ल्याउने प्रयास भएको थियो । १९८५ पछि रियाल मड्रिडले पछिल्ला चार खेलमा गोल गर्न सकेको छैन। २०२० सम्मका लागि सम्झौता गरेका हाजार्ड थियाबाउट कोर्टाेइस जस्तो उदाहरण बन्न चाहँदैनन् । गोलकिपर कोर्टाेइसलाई चेल्सीले यसै सिजन रियाल मड्रिडमा बेचेको थियो । सरुवाबजारको मूल्यभन्दा कम मूल्यमा चेल्सीले उनलाई रियालमा बेचेको थियो।

‘म त्यस्तो हुन चाहन्नँ,’ हाजार्डले भने, ‘मलाई जे राम्रो हुन्छ त्यो चाहन्छु, तर क्लबका लागि पनि फाइदा हुनुपर्छ, किनभने क्लबले मेरा लागि सबथोक दिएको छ।’

‘सिजनको अत्यमा म नयाँ सम्झौता गर्दै छु भन्न चाहन्नँ,’ हाजार्डले थपे, ‘क्लब छोड्नुपर्छ भन्ने सोच कहिलेकाहीं मेरो विचारमा आउने गरेको छ त कहिले बस्ने सोच पनि आउने गरेको छ । निर्णय लिन कठिन भएको छ । मेरो भविष्य पनि जोडिएको छ । अहिले म २७ वर्षको भएँ जनवरीमा २८ लाग्दै छु।’

रियाल मड्रिडले पछिल्ला तीन च्याम्पियन्स लिगको उपाधि जितेको छ भने चेल्सीले गत सिजन प्रिमियर लिगमा छैटौं हुँदै लिगको समापन गर्दा च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएको थियो। हाजार्ड उपाधि दिलाउन नसके पनि फुटबलमा रमाउन सफल भएका छन् । जुन निर्णय लिन उनका लागि यो सबल पक्ष हुन सक्छ। ‘उपाधि मात्र होइन। खेलपछि जितको अपेक्षा सबैमा हुन्छ,’ हाजार्डले थपे, ‘म फुटबल मैदानमा रमाउने खेलाडी हुँ।’

प्रकाशित: २९ आश्विन २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App