coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुल्मीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२ मा गएराति लु१ज २१८१ नम्बरकाे जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

स्थानीय युवराज केसीले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा चन्द्रकोट–२ बिसुखर्कका ४९ बर्षीय भरत बहादुर गुरुङ र ३६ बर्षीय लाल बहादुर गिरी रहेका छन्। बागलुङको कालापोखरामा सामान छोडेर फर्कदै गरेको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख (एसपी) दिपक कुमार बस्नेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खोलामा खसेको हो। दुर्घटना राति भएपनि आज विहान मात्रै थाहा भएको उनले बताए। जिपमा कति सवार थिए भन्ने थाहा नभएको र प्रहरी घटना स्थल पुगेर उद्दार गरिरहेको एसपी बस्नेतले बताए।

प्रकाशित: २९ आश्विन २०७५ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App