उपसचिवको खुला कोटा कायम राखिने

सोमबार, २९ असोज २०७५, ०७ : ३४ भुवन शर्मा

211


काठमाडौं - संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा संशोधन गर्न बनेको उपसमितिले मस्यौदमा व्यवस्था गरिएको खुला भर्ना कोटा घटाउने विषयमा केही संशोधन गर्ने तयारी गरेको छ। संघीय मामिला स्रोतका अनुसार सहसचिव र उपसचिवमध्ये उपसचिवमा खुला भर्ना कोटा यथावत राख्ने विषयमा सकारात्मक छलफल भएको जनाएको छ।

मन्त्रिपरिषद्मा लगिएको ऐनको मस्यौदमा सहसचिव र उपसचिवमा खुला भर्ना कोटा हटाइएको छ । हाल कार्यान्वनयमा रहेको निजामती सेवा ऐन २०४९ मा सहसचिव र उपसचिवमा १० प्रतिशत खुला भर्ना गर्ने व्यवस्था छ। उपसचिव र सहसचिवमा १० प्रतिशत खुला भर्ना गर्दा सोचे जस्तो परिणाम नआएको भन्दै मन्त्रिपरिषद्मा लगिएको मस्यौदामा सहसचिव र उपसचिवमा खुला कोटा हटाइएको छ। स्रोतका अनुसार सहसचिव र उपसचिवमा खुला कोटा हटाउनुमा केही उच्च कर्मचारीहरूको व्यक्तिगत स्वास्र्थ रहेको मन्त्रालयका एक कर्मचारी बताउछन्। उपसचिव र सहसचिवमा खुला प्रतिष्पर्धा हटाउदा आन्तरिक बढुवाको प्रतिशत बढ्छ।

संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाले मस्यौदमा व्यवस्था गरिएको खुला भर्ना कोटामा केही संशोधन हुने संकेत गर्दै भने, ‘कानुनमा व्यवस्था गरिएको आरक्षणको कोटा राख्न खुलामा कोटामा केही संशोधन हुने सम्भावना छ।’

मस्यौदमा उपसचिव र सहसचिवमा बढुवा हुन अन्तरसेवाबाट १० प्रतिशत,आन्तरिक प्रतिष्पर्धाबाट २० प्रतिशत र जेष्ठताबाट ७० प्रतिशत प्रावधान राखिएको छ। प्रशासनविज्ञले भने सहसचिव र उपसचिवमा खुला भर्ना कोटा घटाउन नहुने सुझाव दिँदै आएका छन्। मन्त्रिपरिषद्मा लगिएको मस्यौदको विषयमा विभिन्न टिप्पनी आउन थाले पछि सरकारले प्रधानमन्त्री कार्यालयका उपसचिव लक्ष्मण मैनालीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । संयोजक मैनालीले मस्यौदमा राखिएको सबै विषयमा बुँदागतरूपमा छलफल भइरहेको भन्दै सबै विषयमा अन्तिम निष्कर्ष आइनसकेको बताए। उनले भने,‘सबै बुँदामा हामीले गम्भिर छलफल गरीरहेका छौ। अन्तिम टुंगो कुनै पनि बुँदमा लगाएका छैनौं।’ चाँडो भन्दा चाडौ सरकारलाई सुझाव रिर्पोट बुझाउने उनले बताए।

मन्त्रालय स्रोतका अनुसार उपसचिव र सहसचिवमध्ये कुनै एक पदमा खुला भर्ना कोटा यथावथ राख्ने विषयमा उपसमितिमा रहेको बहुमत सदस्यहरूको राय छ । त्यसैगरी समावेशी कोटा मिलाउन खुला कोटमा केही संशोधन गर्नु पर्ने राय उपसमितिले दिने तयारी गरेको छ।

यता चार कर्मचारी संगठनलेहरूले भने शाखा अधिकृत तहमा खुला प्रतिष्पर्धा कोटा घटाउन सरकारलाई दबाब दिएका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी संघ (युनियन), मधेसी निजामति कर्मचारी मञ्च र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले मन्त्रिपरिषद्मा लगिएको संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदामा शाखा अधिकृतमा व्यवस्था गरिएको ७० प्रतिशत खुल्ला भर्नाको कोटालाई घटाएर ५० प्रतिशतमा झार्नु पर्ने सुझाव दिएका छन्।

मस्यौदमा खरिदार तहमा खुला भर्नाको प्रावधानलाई पुरै हटाइएको छ। हाल कार्यान्वनयमा रहेको निजामती सेवा ऐनमा भने खरिदार तहमा पनि खुल्ला भर्नाको प्रावधान छ। सरकारले प्रशासनिक संरचनालाई अधिकृतमुखी बनाउन खरिदार तहमा खुला भर्नाको प्रावधान मस्यौदमा हटाइएको सामान्य प्रशासन मन्त्रालयको भनाइ छ। मस्यौदमा नायब सुब्बा र अधिकृत तहमा मात्र निजामती सेवामा नयाँ भर्ना लिन सकिने प्रावधान छ।

मंसिरसम्म कर्मचारी भर्नामा रोक

काठमाडौं - सरकारले कम्तीमा २ महिना अर्थात मंसिर मसान्तसम्म कर्मचारी भर्नामा रोक लगाउने निर्णय गरेको छ। झन्डै ७ घन्टा लामो समयसम्म बसेको मन्त्रिपरिषद् बैठकले नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन खोल्नमा रोक लगाउने निर्णय लिएको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार जयनगर–जनकपुरमा चल्ने रेलमा नेपाली झन्डा प्रयोग गरिने भएको छ । लामो समयदेखि अबरुद्ध हुँदै आएको सो रेल्वे सेवा पुनः मंसिर दोस्रो सातादेखि सञ्चालनमा आउने भएकाले नेपाली झन्डा राख्ने निर्णय लिएको हो। नेपालमा रेल चलाउनेबारे आवाश्यक कानुनी व्यवस्था गर्न सरकारले भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

यसैगरी, शैक्षिक जनशक्तिको अवस्थाको अध्ययन गरी आगामी दिनमा के कस्तो जनशक्ति आवाश्यक पर्न आउँछ भनी सुझाव दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा निर्देशक समिति गठन गरिएको छ। समितिले इन्जिनियरिङ, चिकित्सा र वाणिज्यलगायतका क्षेत्रमा के कति शैक्षिक जनशक्ति छ र देशलाई कस्ता जनशक्ति आवाश्यक छ भन्ने विषयमा विस्तृत सुझाव दिनेछ। समितिको म्याद ६ महिना रहेको छ। साथै, मेडिकल शिक्षामा यस वर्ष शुल्क वृद्धि गर्न नपाइने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ। कार्यदलले तोकेको शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरिएको मन्त्रिपरिषद्ले गरेको हो। जमलस्थित जनप्रशासन क्याम्पस रहेको ठाउँमा राष्ट्रिय पुस्तकालय राख्ने पनि आइतबारको मन्त्रिपरिषद्ले निर्णय गरेको छ।







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...