खुम्बुमा पर्यटकलाई रातको पाँच सय

सोमबार, २९ असोज २०७५, ०७ : ०८ खिलक बुढाथोकी  | @KhilakB

26


काठमाडौं - सगरमाथा क्षेत्रको भ्रमण जाने पर्यटकबाट स्थानीय होटल एसोसिएसनले प्रतिपर्यटक पाँच सय सुल्क लिने भएको छ। खुम्बु क्षेत्रमा गएर जुनै होटलमा बसे पनि प्रतिपर्यटकले स्थानीय होटल एसोसिएसनलाई पाँच सय रुपैयाँ बुझाउनुपर्ने भएको हो।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय होटल एसोसिएसन सहितको बैठकले खुम्बु क्षेत्रमा आएर बस्ने प्रतिपर्यटक पाँच सय रुपैयाँ शुल्क लिने निर्णय भएको हो। यसै साता भएको निर्णय अनुसार अब खुम्बु क्षेत्रमा जाने पर्यटकले प्रतिरात पाँच सय रुपैयाँ स्थानीय होटल एसोसिएसनलाई बुझाउनुपर्छ।

गाउँपालिकाका अध्यक्ष निमदोर्जीका अनुसार खुम्बु विभिन्न क्षेत्रमा स्थानीय होटल एसोसिएसन गठन भएका छन्। सबै होटल एसोसिएसनहरु र गाउँपालिकाको संयुक्त बैठकले प्रत्येक पर्यटकबाट एक रातको पाँच सय रुपैयाँ शुुल्क लिने निर्णय गरेको हो । उक्त निर्णय कार्यान्वयन भने आउँदो नोभेम्बर १ (कात्तिक १५) गतेबाट गरिने लुक्ला होटल एसोसिएसनका अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए।

उनका अनुसार प्रत्येक विहान खुम्बुका सबै क्षेत्रका होटलमा एसोसिएसनले कर्मचारी खटाउनेछ । ती कर्मचारीले कुन होटलमा कति पर्यटक बसेका छन्, सोही अनुसार प्रतिपर्यटकको पाँच सयका दरले रकम संकलन गर्नेछन्। यसरी संकलित रकम सिजनको अन्तिममा सबै होटलवालाले आफूले राखेका पर्यटकअनुसार फिर्ता लिने उनले जनाए।

पासाङका अनुसार होटलमा खाना (फुडिङ)को शुल्क बुझाउने तर बास (लजिङ) निःशुल्क भनेर कतिपय होटलले पैसा नदिने गरेपछि पाँच सय अनिवार्य गरिएको हो। अस्वस्थ प्रतिस्पर्धा रोक्न प्रतिपर्यटक शुल्क उठाउने कार्यले सहयोग पु-याउने अपेक्षा एसोसिएसनको छ।

‘पर्यटकबाट लजिङको शुल्क उठाउने तर होटलवालालाई त्यो शुल्क नतिर्ने चलन छ,’ पासाङले भने, ‘यसो गर्दा होटलवाला डुब्ने र बिचौलिया मोटाउने काम भइरहेको छ।’ उनका अनुसार कतिपय होटलवालाले नै पर्यटक तान्न लजिङको शुल्क लिँदैनन् । लजिङको शुल्क नलिएपछि गाइडको रोजाइमा पनि त्यस्तै होटल पर्ने गरेको उनले बताए । त्यसरी कसैले शुल्क लिने र कसैले नलिने गर्दा समस्या आउन थालेपछि स्थानीय होटल एसोसिएसनले नै लजिङ शुल्क उठाउन थालेको गाउँपालिका अध्यक्ष निमदोर्जीले बताए।

कुनै होटलले लजिङको शुल्क लिइरहेका छन् भने पनि प्रतिपर्यटक पाँच सय एसोसिएसनलाई बुझाउनैपर्ने नियम राखिएको छ । कुनै होटलले पाँच सयभन्दा बढी लजिङ शुल्क लिँदै आएका छन् भने पाँच सय एसोसिएसनले लिने र त्योभन्दा बढी होटलवालाले नै लिने सहमति भएको छ।

तर, खुम्बुमा लजिङ शुल्कले पर्यटकलाई थप भार पारेको भनेर ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले विरोध जनाएको छ । ‘होटलवालाले लजिङ शुल्क पनि फुडिङमा जोडेका हुन्छन्,’ टानका महासचिव आङपेम्बा शेर्पाले भने, ‘अब फेरि लजिङ भनेर पर्यटकलाई भार पार्ने काम खुम्बुमा हुँदैछ।’

यसअघि मनास्लु क्षेत्रमा पनि खुम्बुको जस्तो शुल्क  उठाउन थालिएको थियो। टानले नै विरोध जनाएपछि फिर्ता भएको उनले सुनाए । उनका अनुसार खुम्बु क्षेत्रमा पनि उक्त निर्णय लागू हुन टानले नदिने दाबी शेर्पाको छ । खुम्बु क्षेत्र उसै पनि महँगो भएकाले लजिङ शुल्क भन्दै दैनिक पाँच सय उठाउन थालेपछि झनै महँगिने र पर्यटन क्षेत्रमै यसको असर पर्ने हुँदा उक्त निर्णय लागू गर्न नहुने टानको भनाइ छ।







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...