अपहरण गरी बालकको हत्या, दुर्इ जना पक्राउ

आइतबार, २८ असोज २०७५, २० : ५८ उपेन्द्र यादव

बारा– घर बाहिर खेलिरहेको अवस्थामा चार दिन पहिला अपहरण परेका बालकको हत्या भएको छ। 

असोज २४ गते बेलुका अपहरणकारीले सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण गरी हत्या गरेका बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। 

प्रहरी नायब उपरीक्षक रन्जित सिँह राठौरले दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरी हत्या गरेर शवलाई गाउँ नजिकैको झाडीमा फालेको अनुसन्धानबाट खुल्न आएको बताए।

उनका अनुसार बालकको हत्या संलग्न रहेको आरोपमा असोज २७ गते नयका टोलका दुई युवक हरेन्द्र कुश्वाहा र श्यामसुन्दर बैठालाई पक्राउ गरिएको छ।

पक्राउ परेका कुश्वाहाले मृतक बालकको बुवा धनेश्वरसँग केही दिन पहिला दुई लाख रुपैयाँ सापटी मागेको र उनले सापटी रकम दिन नमानेपछि अर्को साथी बैठाको सहयोगमा छोराको अपहरण गरी हत्या गरेको घटनाको अनुसन्धानमा संलग्न ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए। 

उनका अनुसार वैदेशिक रोजगारीबाट फर्केकाधनेश्वरसँग सापटी माग्दा नदिएपछि आवेशमा बालकको हत्या गरेको खुलेको छ। 

‘बालक अपहराणमा परेको जानकारी हुन आएपछि त्यसको अनुसन्धान भईरहेको क्रममै अपहरणकारीले बालकका बुबा धनेश्वरसँग नेपाली नम्बरको मोबाइलबाट फोन गरी १० लाख फिरौती मागेका’, प्रहरी निरीक्षक धमलाले भने, ‘रकम माग गरिएको मोबाइल नम्बरलाई ट्रेस गर्दा उक्त सीम हरेन्द्र कुश्वाहाबाट बरामद भयो।’

शनिबार कुश्वाहा र बैठालाई पक्राउ गरि बालकबारे सोध्दा दुबैले बालकको हत्या गरेर फालेको स्वीकारेका छन्। बालकलाई अपहरण पछि त्यसको भोलिपल्ट नै मारिएको अनुसन्धानबाट खुलेको छ।

बालक अपहरणमा पर्नु भन्दा पहिला २४ गते नजिकैको रनीवासमा हजुरबुबा सिताराम यादवसँग मेला हेर्न गएका थिए। मेला हेरेर घर फर्केर घर बाहिर खेलिरहेको अवस्थामा बालकको अपहरण भएको थियो। 





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad