६ वैशाख २०८१ बिहीबार
राजनीति

‘जनताले चाहे हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र फर्किन सक्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले जनताले चाहे हिन्दू राज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन्।

पूर्वमन्त्री समेत रहेका खड्काले संविधान संशोधनमा जनमतका विषय (हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र)लाई समेट्नुपर्नेमा जोड दिए। ‘संविधान बनाउँदै गर्दा म पनि त्यसको सदस्य थिएँ। जनताले आज गाउँमा प्रश्न गर्न थालेका छन्, तपाईहरुले हिन्दू राष्ट्रको विषयमा किन सोध्नुभएन भनेर? अब यसको छलफल पनि हुन जरुरी छ। सरकारले यस विषयमा छलफल गरोस्। समग्र नेपाली जनताको भावनाको सम्मान होस’, उनले भने।

जनताले चाहेको बेला जुनसुकै विषय पनि उठान हुनसक्ने उनको भनाई छ। उनले भने, ‘हिजो जनताले चाहेर संविधान निर्माण भएको हो। जनताका आकांक्षाहरुमा केही कुराहरु छुटेका छन् भने अझ समावेश गर्नुपर्छ। हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको विषय मैले गाउँघरमा सुनेको हुँदा जनता यतातिर जानुको कारण हाम्रो कमजोरीले हो, या हिजो संविधानमा यो विषय छलफलको विषय नबनाईएको कारणले हो। म गाउँघरतिर घुम्दा पाएको छु की जनताले यो विषयमा छलफल गर्न चाहन्छन्।’

यद्यपी उनले यस विषयमा कांग्रेसले निर्णय गरेको विषय नभएको स्पष्ट पारे। उनले थपे, ‘यो कांग्रेसले निर्णय गरेको विषय होइन्। मैले खाली जनताहरुसँग सम्वाद गर्दाखेरि पाएको व्यक्तिगत कुरा भनेर बुझ्दा राम्रो हुन्छ। जनताको विपक्षमा न कांग्रेस, न कम्युनिष्ट कोही पनि जान सक्दैन्। त्यसकारण जनताको चाहनाको विकास यतातिर भएको छ भन्ने कुरा मलाई लागिरहेको छ।’

‘हत्या, हिंसा र बलात्कारमा सरकारको हात छ’

नेता खड्काले हत्या, हिंसा, बलात्कारमा सरकारको हात छ भन्ने कुरा पछिल्लो समय प्रष्ट हुन थालेको टिप्पणी गरे। ‘वास्तवमा प्रधानमन्त्री आँफै भनिरहनुभएको छ की सरकार कसले चलाइरहेको छ भनेर? अब यति निरिही, यत्रो दमदार, जनताको म्याण्डेट पाएको दुई तिहाई बहुमत भएको सरकारका प्रधानमन्त्री यति निरिह हुन हुन्छ? आश्चर्य लागेको छ। त्यसो भएको कारणले सरकारलाई पनि म शुभकामना दिन चाहन्छु की सरकार यसबाट मुक्त होस्। कम्तिमा बलात्कारमा, हत्या, हिंसामा, भ्रष्टाचारमा, आतंकमा सरकारको हात छ भन्ने कुरा सुन्न नपाइयोस्।’

प्रकाशित: २८ आश्विन २०७५ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App