coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा आज(आइतबार) दोहोरो अंकको वृद्धि भएको छ भने कुल कारोबार रकम पनि सामान्य बढेको छ।

नेप्सेका अनुसार नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर १२ सय ४२.४३ विन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ। 

कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर रु २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भएको छ।

समूहगत परिसूचकतर्फ कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर भने घटेको छ । जलविद्युत् १.३१ र उत्पादन ९५.७३ अंकले घटेको छ । बढनेमा सबैभन्दा धेरै निर्जीवन बिमा ८७.६१ अंकले बढेको छ भने जीवन बिमा ५७.४९ अंकले बढेको छ। यस्तै बैंकिङ १७.३७, होटल ५५.३४, विकास बैंक १८.१५, वित्त ३.२४, अन्य ४.२७, माइक्रोफाइनान्स ११.१४ अंकले बढेका छन्। 

एक्सचेन्जका अनुसार आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्सका शेयरधनीले कमाएका छन् भने यूनिलिभर, पञ्चकन्या माई हाइड्रोपावर, ङादी समूहका लगानीकर्ताले गुमाएका छन्।

आज सैबभन्दा धेरै एनएमबी बैंकको २ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ भने मेघाको २ करोड १८ लाख रुपैयाँको शेयर किनबेच भएका नेपालस्टक एक्सचेन्जले जनाएको छ।

 

प्रकाशित: २८ आश्विन २०७५ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App