६ वैशाख २०८१ बिहीबार
राजनीति

सरकारलाई सदनबाट मात्र नभई सडकबाट समेत सचेत गराऔँ : पाण्डे

फाइल तस्बिर

गोरखा - राष्ट्रिय सभाका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारलाई सदनबाट मात्र नभई सडकबाट पनि सचेत गराउनुपर्ने बताएका छन्। सरकारले झण्डै ८ महिने अवधीमा जनताको चाहना अनुसार काम गर्न नसकेकाले निरन्तर खबरदारी आवस्यक रहेको उनले बताए। ‘जनताले अपेक्षा धेरै राखेका थिए, आस्वासन बाँडे अनुसार सरकारले केही काम गर्न सकेन’ नेता पाण्डेले भने ‘ठुला आस्वासन देखाउने तर साना आवस्यकता पुरा गर्नमा सरकारको ध्यान पुगेन, सदन र सडकबाट सचेत गराउनुपर्ने बेला भएको छ।’

गोरखा सदरमुकाममा नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले हत्या, हिंसा बलात्कार, महँगी र बिकास निर्माणमा समेत ब्यथिती बढ्दै गएको तर सरकारले न्यूनिकरण गर्न नसकेको आरोप लगाए। सरकारको शान्ति सुरक्षाको काम पूर्ण रुपमा असफल भएको बताउँदै उनले सरकारलार्इ निरन्तर घचघच्याउन अावश्यक रहेकाे बताए। संविधानले निर्दिष्ट गरेका नियम कानुनलाई सरकारले स्थानीय तहमा लागु गर्न नसकेको उनले अाराेप लगाए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले सबै नेता कार्यकर्तालाई गतिशिल हुन अनुरोध गरे।

प्रकाशित: २८ आश्विन २०७५ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App