मनोपरामर्शपछि पठनपाठन

बिहिबार, ०६ असोज २०७३, ०७ : ४७ रुबी रौनियार

काठमाडौं- उपत्यकाका निजी तथा सार्वजनिक स्कुलले बुधबार विद्यार्थीलाई मनोपरामर्श दिएर स्कुल सञ्चालन गरे। मंगलबार विस्फोटको निसाना बनेको जोरपाटी क्षेत्रका निजी तथा सार्वजनिक स्कुलका ६० प्रन्सिपल, विद्यार्थी र एसएसपी विक्रमसिंह थापाबीच स्कुलाई भयरहित वातावरणमा नानीहरुलाई पठनपाठन गराउनेबारे बिहानै अन्तर्त्रि्कया गरियो। एसएसपी थापाबाट विद्यालयलाई शान्तिसुरक्षा दिने प्रतिबद्धता आएपछि जोरपाटी क्षेत्रका स्कुल सञ्चालनमा आए।

साथै उपत्यकाका अन्य स्कुलका शिक्षकले समेत नानीहरुलाई भयरहित वातावरणमा पठनपाठन गराउन मनोपरामर्श दिँदै कक्षा सुरु गरेको स्कुल सञ्चालकहरुले जनाए।

मनोकामना माविका प्रिन्सिपल भवानी पौडेलले मंगलबारको बम आतंकका कारण नानीहरुमा मनोत्रास कायमै रहेकाले बुधबार बिहानै अन्तर्त्रि्कया गरिएको बताए। उनले बुधबार विद्यार्थीलाई कक्षा शिक्षकले मनोपरामर्श दिँदै कक्षा सुरु गरेको समेत जनाए।

'नानीहरु अझै पनि कतै बम छ कि भन्दै त्रस्त बनेका थिए,' प्रिन्सिपल पौडेेलले नागरिकसँग भने, 'हामी शिक्षक सबै मिलेर नानीहरुलाई कक्षा–कक्षा गएर अब केही पनि हुँदैन, सरकारले स्कुललाई सुरक्षित बनाउने विश्वास दिलाएको छ भनेपछि बल्ल उनीहरु कक्षाभित्र प्रवेश गरे।'

यस्तै अवस्था उपत्यकाका अन्य स्कुलका विद्यार्थीमा समेत रहेको प्याब्सन अध्यक्ष लक्ष्यबादुर केसीले जनाए। स्कुलमा शिक्षकहरुले विद्यार्थीलाई कुनै शंकास्पद सामग्री नछुन, अपरिचित व्यक्तिले दिएको कुनै चिज नछुन र नखानलगायत पारामर्श दिएका थिए।

'बिहानको अन्तर्त्रि्कयामा एसएसपी थापा सरले हामी सबैसँग तपाईंहरु ढुक्क भएर विद्यालय सञ्चालन गर्नुस् भनेर विश्वस्त बनाउनुभयो,' आकाशदीपका प्रिन्सिपल मदन सुवेदीले नागरिकसँग भने।

बुधबार प्याब्सन, हिसान र एनप्याब्सनसहितको टोलीले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मंगलबार उपत्यकाका निजी विद्यालयमा भएको बम आतंकबारे अवगत गराउँदै विद्यालय तथा विद्यार्थीलाई शान्ति क्षेत्र घोषणा कार्यान्वयन गर्न अनुरोध गरेका छन्। प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले गृहमन्त्रीले त्रासरहित वातावरणमा विद्यालय सञ्चाउन गर्ने गराउने प्रतिबद्धता जनाएको जनाए।

'गृहमन्त्रीज्यूले हामी विद्यालय सञ्चालकसँग तपाईंहरु निर्धक्क भएर त्रासरहित वातावरणमा नानीहरुलाई पठनपाठन गराउनुस्, गृह मन्त्रालयले सुरक्षा निकायलाई सतर्क गराइसकेको विश्वास दिलाउनुभयो,' अध्यक्ष केसीले गृहमन्त्री निधिको भनाइ उद्धृत गर्दै भने, 'तपार्इंहरुले अब विद्यालयमा कुनै किसिमको सन्त्रास राख्नु पर्दैन।'

यसैबीच, बम आतंकको घटनाविरुद्ध बालबालिका क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाले बिहीबार विरोधस्वरुप धर्ना दिँदैछन्।

बालबालिकाको पढ्न पाउने अधिकारमाथि आक्रमण हुँदा पनि सरकार संवेदनशील नभएको भन्दै नौ संस्थाले माइतीघरमा अपरह्न ४ देखि ५ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेका हुन्।

विद्यालय शान्तिक्षेत्र राष्ट्रिय अभियानका संयोजक कृष्ण सुवेदीले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर यसबारे ध्यानाकर्षण गराउने जानकारी दिए।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad