coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया १२ गतेदेखि खुल्ने

फाइल तस्बिर

काठमाडौं– गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच  आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक ११ गते नेपाल आउने निश्चित भएको छ। कुलसागरन र नेपालका श्रम रोजागार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टबीच कार्तिक १२ गते हस्तारक्षर हुने कार्यक्रम तय भएको छ। हस्तक्षर भएसंगै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ। ‘मलेसियाका मानवसंसाधन मन्त्री यमओयूका लागि नेपाल आउने निश्चित भइसकेको छ,’ मन्त्रालयका सचिब महेशकुमार दाहालले भने,‘हस्ताक्षर संगै श्रमिक आपूर्तिका अवरोध हटनेछ र सोही संझौताका प्रावधान अनुसार प्रक्रिया सुरु हुनेछ।’

यही आसोज १२ गते नेपाली कामदारले रोजगारीका लागि मलेसिया जानलाग्ने भिषासंबन्धी सबै खर्च रोजगारदाताले व्यहोर्ने गरी मस्यौदा पत्रमा सहमति जुटेको थियो। यो सहमतिसंगै कामदारले मलेसिया जान खर्चदै आएको करिब १ लाख रुपैयाँ जोगिनेछ।

समझदारीमा नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति छ।यमओयुमा हस्तारक्षर भएपछि नेपालसरकारले मान्यता दिएका जुनसुकै स्वास्थ संस्थाबाट गरिएको मेडिकल परीक्षणले मान्यता पाउनेछ। 

स्वास्थ परीक्षण, भिषा प्रोसेसिङ लगायतका कार्यमा केही सस्थाले कामदारमाथि आर्थिक शोषण गरिरहेको भन्दै सरकारले गत जेठदेखि सरकारले मलेसिया कामदार पठाउने सबै प्रक्रिया रोकेको थियो। स्वास्थ्य परीक्षणा,भिसा प्रक्रिया अगाडि वढाउन भन्दै बायोम्याट्रिक, भिएलएन, माइग्रामलगायतका कम्पनीले कामदारमाथि शोषण गर्दै सिण्डिकेट खडा गरेका थिए।

 

प्रकाशित: २८ आश्विन २०७५ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App