coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ज्ञवालीकाे निधनमा प्रधानमन्त्री लगायत शीर्षस्थ नेताकाे समवेदना

काठमाडाैं - नेपालका व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा प्रधानमन्त्री केपीशर्मा ओली लगायत राजनीतिक क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुले समवेदना प्रकट गरिरहेका छन्। यसैक्रममा प्रधानमन्त्री ओलीले आइतवार ट्विट गर्दै ज्ञवालीको निधनमा दुःख लागेको बताउँदै समवेदना प्रकट गरेका छन्। उनले भनेका छन् 'रिपब्लिक मिडिया प्रा.लि.का संस्थापक अध्यक्ष तथा सञ्चार उद्यमी हेमराज ज्ञवालीको निधनको खवरले दुःख लागेको छ। स्वर्गीय ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु।

रिपब्लिक मिडिया प्रा.लि.का संस्थापक अध्यक्ष तथा सञ्चार उद्यमी हेमराज ज्ञवालीको निधनको खवरले दुःख लागेको छ । स्वर्गीय ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तमा गहिरो समवेदाना व्यक्त गर्दछु ।

— KP Sharma Oli (@PM_Nepal) October 14, 2018

यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समेत ज्ञवालीको निधनमा समवेदना प्रकट गरेका छन्। आइतवार ट्विट गर्दै देउवाले नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवालीको निधनले अपुरणीय क्षती भएको बताउँदै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

The founding Chairman of Nepal Republic Media, Hemraj Gyawali's demise is really an irreperable loss. May his soul rest in peace, and may the god give his family the strength to brave this tragedy. We will always be missing him.

— Sher Bahadur Deuba (@DeubaSherbdr) October 14, 2018

यस्तै नयाँ शक्तिपार्टी नेपालका संयोजक बाबुराम भट्टराइले समेत आइतवारनै ज्ञवालीको निधनमा समवेदना प्रकट गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराइले ट्विट गर्दै ज्ञवालीको निधनमा समवेदना प्रकट गरेका हुन्। उनले भनेका छन् नेपालको व्यवसायिक पत्रकारिताका अगुवा तथा कान्तिुपुर पब्लिकेसन र रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा गहीरो दुस्ख व्यक्त गर्दै वहाँप्रति हार्दिक श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु।स्वतन्त्र प्रेस र लोकतन्त्रले वहाँलाई सधैं सम्झिरहनेछ!

नेपालको व्यवसायिक पत्रकारिताका अगुवा तथा कान्तिुपुर पब्लिकेसन र रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा गहीरो दु:ख व्यक्त गर्दै वहाँप्रति हार्दिक श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु।स्वतन्त्र प्रेस र लोकतन्त्रले वहाँलाई सधैं सम्झिरहनेछ! pic.twitter.com/iw2Mj874ob

— Baburam Bhattarai (@brb1954) October 14, 2018

नागरिक उड्ययन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले ट्वीट गर्दै समवेदना प्रकट गरेका छन्। उनले ट्वीट गर्दै भनेका छन्, 'नागरिक मिडिया ग्रुपका संस्थापक तथा सञ्चार उद्यमी हेमराज ज्ञवालीको निधनको खवरले दु:खी बनाएको छ। नेपाली संचार क्षेत्रमा उहाँको मर्यादित भूमिका सबैका लागि अनुसरण योग्य छ। स्वर्गीय ज्ञवाली प्रति हार्दिक श्रद्धाञ्जली। परिवारजनमा गहिरो समवेदाना।'

यस्तै गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष भवन भट्टले पनि ज्ञवालीको निधनले दु:खी बनाएको बताएका छन्। उनले फेसवुकमा लेखेका छन्, 'रिपब्लिक मिडिया प्रा.लि.का संस्थापक अध्यक्ष तथा सञ्चार उद्यमी बिनोदराज ज्ञवालीका बुवा हेमराज ज्ञवालीको निधनको खवरले दुःख लागेको छ। स्वर्गीय ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तमा गहिरो समवेदाना व्यक्त गर्दछु।'

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पनि ज्ञवालीको निधनमा दु:ख व्यक्त गरेका छन्। उनले समवेदना प्रकट गर्दै भनेकाछन्, 'नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशनका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा निधनको खवरले दुःख लागेको छ। नेपालमा व्यावसायिक संचार माध्यमका अग्रणी संचालक हेमराज ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'
७९ वर्षको उमेरमा शनिबार साँझ ज्ञवालीको निधन भएको थियो। छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो। चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्।

प्रकाशित: २८ आश्विन २०७५ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App