coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अभिभावकविहीन बालबालिकालार्इ उपमेयरको सहयोग

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफ्नो पारिश्रमिकबाट अभिभावकविहीन बनेका बालबालिकालाई अार्थिक सहयाेग प्रदान गरेकी छन्। उपमेयर राईले करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटिका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ७ छोराछोरीलाई आर्थिक सहयोग गरेकी हुन्।

उपमेयर राईले शनिबार हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ वडा कार्यालयमा पुगेर वडाध्यक्ष पृथ्वीराज राईको रोहवरमा अभिभावक गुमाएका बालबालिकालार्इ एक महिनाको पारिश्रमिकबाट २० हजार १ सय २० रुपैयाँ रकम राई परिवारकी जेठी छोरी बुङाटुङ चामलीङलाई प्रदान गरेकी हुन्। राई दम्पत्तीका बेसाहारा बनेका ५ छोरी र २ छोरालाई दशैं तिहारलाई मध्यनजर गर्दै आर्थिक सहयोग गरिएको उपमेयर राईले बताईन्।

 

प्रकाशित: २८ आश्विन २०७५ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App