डाम्बला – तीन एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो एकदिवसीय खेलमा शनिबार इङ्ल्यान्डले श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा ३१ रनले पराजित गरेको छ।
कप्तान इयोन मोर्गानको ९२ रनको मद्दतमा इङ्ल्यान्डले निर्धारित ५० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै श्रीलंकासामु २ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफी ब्याटिङ गरिरहेको श्रीलंकाले ५ विकेट गुमाएर १ सय ४० रन जोड्दै गर्दा वर्षा भएपछि खेलको निर्णय डकवर्थ लुइस पद्धतिबाट लिइएको थियो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डका लागि मोर्गानले ९१ बलको सामना गर्दै ९२ रन जोडेका थिए। उनले ११ चौका र २ छक्का प्रहार गरे। ओपनर जसन रोय शून्यमा पवेलियन फर्किंदा अर्का ओपनर जोनी बारिस्टोले २६ रन जोडेका थिए। जोय रुटले ७१ रनको योगदान गर्दा जस बट्लर २८ रन जोड्न सफल भए । बलिङतर्फ श्रीलंकाका लासिथ मालिङ्गा एक्लैले पाँच विकेट लिएका थिए भने नुवान प्रदीप, अकिला धनञ्जय, थिसारा परेरा, धनञ्जय डी सिल्भाले समान १÷१ विकेट हात पारे।
जबाफी ब्याटिङ गरेको श्रीलंकाका लागि धनञ्जय सिल्भा र थिसरा परेरा क्रमशः ३६ र ४४ रन साथ १ सय ४० रनको योगफल बटुल्दै गर्दा २९औं ओभर खेल पुगेको बेला वर्षा भएको थियो। यसअघि कुशल परेराबाहेक अन्य चार ब्याट्सम्यान श्रीलंकाको स्कोर उकास्न असफल भए। बलिङतर्फ इङ्ल्यान्डका क्रिस वकेजले सर्वाधिक ३ विकेट र ओल्ली स्टोन र लियम डावसनले समान १/१ विकेट लिएका थिए। तेस्रो शृखंला बुधबार हुनेछ । यस्तै इङ्ल्यान्डले श्रीलंकासँग दुई टेस्ट र एक ट्वान्टी–२० खेल खेल्नेछ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत