ओली सरकारले देशलाई कमजोर बनाउँदै छ : नेता सिटौला

शनिबार, २७ असोज २०७५, २० : ०२ उपेन्द्र यादव

बारा- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले दण्डहिनतालाई पश्रय दिएर राज्यलाई नै कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस बाराले शनिवार वीपी स्मृति भवन कलैयामा आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले ओली नेतृत्वको सरकारले बलात्कारी, कालोबजारी र भ्रष्टाचारीलाई पश्रय दिएको आरोप लगाए।

सरकारको नेतृत्व गर्ने कम्युनिष्ट सरकारको गतिविधिले आम जनता असन्तुष्ट बन्दै गएको अवस्थामा आम जनताले पहिलादेखि जुन किसिमले देशलाई माया गरिरहेको थियो त्यो माया अहिले हराउँदै गएको सिटौलाले बताए।

केपी ओली सरकार देश र जनता प्रति वफादार नबनेर पार्टी र कार्यकर्ता केन्द्रित मात्रै भएको अवस्थाले आम जनताहरु दु:खी बनेकोले देशको स्वतन्त्रता स्वाधिनता र सार्वभौमतालाई नै खतरा भएको सिटौलाले बताए।

प्रेस र पत्रकार माथि अंकुश लगाई उनीहरुलाई तर्साएर आफु अनुकुल बनाउने खेलमा वामपन्थी सरकार लागेको  सिटौलाको आरोप छ।

ओली सरकार समयमै सचेत नभए आफूहरु जनताको जिउधन र हकअधिकारको रक्षाको लागि चाडै नै आन्दोलनमा जाने महामन्त्री सिटोलाले चेतावनी दिए।

कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद उमाकान्त चौधरीले केपी ओली नेतृत्वको सरकार समृद्धि र उडन्ते सपनाको नारा लिएर अगाडि बढेको बताए। दुई तिहाईको दम्भमा सरकार तानाशाही रुपमा अगाडि बढेको उनले दावी गरे।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad